gulminews logo
सोमबार, २०८१ बैशाख २४

बर्षाले दशै दशा बन्यो: गुल्मीका अधिकांश ग्रामीण सडक बन्द, टीका लगाउन माइत हिँडेकी महिलालाई खोलाले बगायो

टोपलाल अर्याल
गुल्मी, १९ असोज । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकी एक महिलाको खोलाले बगाएर ज्यान गएको छ । बुधबार दिउँसो घरमा टीका लगाएर छोरासंगै धुर्कोट गाउँपालिका २ पिपलधारा माइतमा टीका लगाउन हिडेकी ४१ बर्षीया कुवंरको अरौदी खोला तर्ने क्रममा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिए । कुवरको अरौदी खोलादेखि एक किलोमिटर तल शब फेला परेको हो । आमालाई खोलाले बगाए लगत्तै छोरा १५ बर्षीय राजेश कुवंरले गाउँलेहरुलाई खबर गरेका थिए । घटनास्थलमा माइती पक्ष आएपछि मुचुल्का गरेर शब पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउँने प्रहरी निरिक्षक यादवले बताए ।

गाउँका सडकको बेहाल
लगातार वर्षाका कारण गुल्मी जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । पहिरो खसेपछि रिडी रुद्रवेणी वामीटक्सार सडक बन्द भएको छ । सत्यवती गाउँपालिका ५ को बाँदरेभिर र वडा नं ६ को डहरेमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । त्यस्तै कालीगण्डकी कोरिडोर बन्द छ । कालिगण्डकीको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

वर्षाका कारण इस्मा, मालिका, मदाने धुर्कोट र मुसिकोटका अधिकांश सडक पहिरो र खोला बढेका कारण अवरुद्ध रहेका छन् । तत्कालको लागि ग्रामीण सडक लगभग पूर्ण रुपमा अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले खोला किनारका बस्तीहरुमा सर्तकता अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न सार्वजनिक सूचना मार्फत आग्रह गरिएको पौडेलले बताए । उनले सडकहरु लच्किने, खस्ने, माथिबाट झर्न सक्ने अवस्था बढि भएकाले सवैलाई सावधानी अपनाउन भनिएको बताए । जिल्लाका साढे दुई सय बढि घर पहिरोको जोखिममा छन् । उनीहरुलाई बर्षात ठुलो भएपछि ज्यान कसरी जोगाउने भन्ने पिरलोले दशै दशै जस्तो भएन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D