बर्षाका कारण गुल्मीका अधिकांश सडक अबरुद्ध

टोपलाल अर्याल
गुल्मी, २८ साउन । वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड शनिवार विहानदेखि अवरुद्ध बनेको छ । उक्त सडक खण्ड मुसिकोट नगरपालीका ६ अन्र्तगत भुवाचिदी नजिकै पहिरो खसेपछि अबरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

सडक अवरुद्ध बनेपछि उक्त क्षेत्रवाट तम्घास, पाल्पा, बुटवल र काठमाण्डौंसम्म छुट्ने सम्पूर्ण सवारी साधनहरु ठप्प बनेका छन् । सवारी साधनहरु संचालन नभएपछि घरवाट यात्रामा निस्केका सयौं यात्रुहरु समस्यामा परेका छन् । अवरुद्ध सडक सुचारु गर्नका लागि पहल भैरहेको मुसिकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनु भएको छ ।

वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडलहरु बनाएका कारण जिल्लाका अधिकांश ग्रामिण सडकहरुमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अहिले जिल्लाका विभिन्न स्थानमा पुग्ने दुई दर्जन सडक पुर्ण रुपमा अबरुद्ध रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ