gulminews logo
शुक्रबार, २०८० चैत्र १६

बर्षमा एक महिनाको तलब सामाजिक कार्यमा

हुमाकान्त पोखरेल
गुल्मी, १० जेठ । जिल्लाको चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गका वडाध्यक्ष घनश्याम खरेलले बर्षमा एक महिनाको पारिश्रमिक सामाजिक कार्यमा खर्चिने भएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले बर्षमा एक महिनाको पारिश्रमिक वा सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्चिने घोषणा गरेका हुन् ।

उक्त रकमबाट विपन्न विद्यार्थीहरुलाई विद्यालय भर्ना गर्ने, शैक्षिक सामग्री जुटाइदिने, उत्कृष्ट अकं ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने लगायतका शिक्षासँग सम्बन्धित कार्यमा बढी खर्च गर्ने उनको भनाई छ । माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका खरेलले यसभन्दा पहिले जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई सहयोग एवम् विभिन्न विद्यार्थीहरुको शैक्षिक खर्च व्यहोरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D