gulminews logo
शनिबार, २०८१ बैशाख ८

बनिबनाउ घरको नाममा केही साथिहरु एमालेको घरमा दास बन्दै हुनुहुन्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेल
गुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले बनिबनाउ घरको नाममा केही साथिहरु दास बन्ने कोशिस गरेको बताइन् ।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रिले जनतालाई धोका दिएर केही नेताहरु एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन् । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएप्नि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप छ ।

एउटा व्यक्तिको सनकको भरमा पटक–पटक संसद विघटन गर्ने प्रथाको आफुहरुले विरोध गरेको उनको भनाई छ । यसो गर्दा ओलीको नजरमा आफुहरु नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिष्ट पार्टी स्थापना गरेको उनले बताइन । अहिलेको कम्युनिष्ट पार्टीमा सबै अट्न सक्ने उनको दाबी छ । आफुहरुले लगातार निर्वाचन जितेपनि उपलब्धि धेरै नभएकोले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D