Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बढ्दो सवारी दुर्घटनाप्रति नेविसंघ गुल्मीको ध्यानाकर्षण पत्र - Gulminews

बढ्दो सवारी दुर्घटनाप्रति नेविसंघ गुल्मीको ध्यानाकर्षण पत्र

मनोज कार्की
श्रावण १५ गुल्मी । नेपाली विद्यार्थी संघ गुल्मीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रदेवी शर्मालाई ध्यानकर्षण पत्र बुझाएको छ । शुक्रबार नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना न्यूनिकरण तथा कोभिड खोपमा मनपरी भएको भन्दै जिल्ला प्रशासन कार्यलय प्रमुख जिल्ला अधिकारी (सिडिओ) शर्माको कार्यकक्षमै पुगेर ध्यानकर्षण पत्र बुझाएको हो ।

पछिल्लो एक बर्षमा सवारी दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाई सकेको र यसको रोकथाम तथा न्यूनिकरणमा नियामन निकायले चासो नदेखाएपछि नेविसंघ गुल्मी प्रशासनलाई ध्यानकर्षण पत्र बुझाउन बाध्य भएको नेपाली विद्यार्थी संघ गुल्मीका कार्यभार सभापति राम्जी पन्थीले बताए । विश्वव्यापी रुपमै फैलिएको कारोना भाइरस अर्थात् कोभिड १९ बाट बच्नको लागी आएको खोपमा मनपरी भएको र सरकारले तोकेको मापदण्ड विपरित राजनितक सत्ताको आडमा खोप बितरण , क्रसर संचालन लगायत जिल्लाका भएका समसामूहिक बिषय र त्यसमा सम्बन्धित निकायको आखाँ खुलाउन ध्यानाकर्षण पत्र बुझाएको नेविसंघ गुल्मीका का. सभापति पन्थीले बताए । सवारी दुर्घटना कम गर्न पुराना सवारी ब्यावस्थापन र चालकलाई अभिमुखिकरण तालिम समेत उपलब्ध गराउन नेविसंघले अनुरोध गरेको छ ।

जिल्लामा १० पुराना सवारी चल्दै आएका छन् । पुरानो सवारी र चालकको लापर्वाहीका कारण ०७८ साल १ गते प्यूठानको स्वर्गद्धारी जाने क्रममा जिल्ला प्रशासन कार्यलयका ४ जना कर्मचारीले ज्यान गुमाएका थिए । २०७८ साल अषाढ ३१ गते गुल्मीको सदरमुकाम तम्घास नजिकै जिप र मोटरसाइकल आपसमा २८ वर्षीय सुजन पाण्डेले ज्यान गुमाउनु परेको थियो भने त्यस्तै श्रावण १३ गते गुल्मीको चन्द्रकोट गाउँपालिका बाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको थियो भने ७ जना घाईते भएका थिए । पछिल्लो १ बर्षमा ३७ जनाले ज्यान गुमाई सकेको हुदाँ यस्ता बिषयमा गम्भीर हुन नेविसंघ गुल्मीले प्रशासनलाई आग्रह गरेको छ ।

ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रदेवी शर्माले दुर्घटना र कोभिड रोकथाम तथा न्यूनिकरणमा आफूहरु लागी परिरहेको र पत्र अझ प्रशासनलाई जिम्मेवारी बनाएको बताईन् । हाल सम्म भएका गल्तीहरुलाई केलाउँदै समस्या समधानमा प्रशासन लागी पर्ने प्रमुख जिल्ला अधिकारी (सिडिओ)शर्माको भनाई छ । यि बिषयमा ध्यानकर्षण गराएको र तत्कालै जनताले महसुस गर्ने गरी नेविसंघले माग गरेका पक्षमा सुधार नआएमा आवश्यक कदम चाल्न बाध्य हुने नेपाली विद्यार्थी संघले बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D