गुल्मी, साउन २४ । गुल्मीमा बजार गर्न घरबाट हिँडेका ५५ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको छ । जिल्ला स्थित कालिगण्डकी गाउँपालिका ४ खोक्रोकका क्षेत्रीलाई पहिरोले बगाएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।
बुधबार बिहान घरबाट पुर्तिघाट बजार हिँडेका उनी साँझसम्म घर नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा उनको शव घिसिङ खोला किनारमा फेला परेको थियो । करिब १ सय मिटर माथिबाट पहिरोले बगाएर खोला किनारमा पु¥याएको थियो।







