gulminews logo
शुक्रबार, २०८० चैत्र १६

फौजि र गबारोले मकै किसान निराश

हुमाकान्त पोखरेल
गुल्मी, १९ जेठ । फौजि र गबारो किराले सताउन थालेपछि गुल्मीका मकै किसान निराश देखिएका छन् । भर्खरै एकोहोरो मकै खनेका किसानलाई मकैमा विभिन्न रोग र किराहरु देखिन थालेपनि निराश भएका हुन् । मकैको फेदमा गबारो किराको प्रकोप देखिएको छ भने मकैको गुबोमा फौजि किराको प्रकोप देखिएको छ । धुर्कोट गाउँपालिका ५ वस्तु गान्टारीका ७० बर्षिया डिलाराम भण्डारीले १० रोपनी खेतमा मकै लगाएका छन् । भर्खरै एकोहोरा खनेर उठेका मकैमा विभिन्न किराहरुले सताउन थालेपछि उनी चिन्तित देखिएका छन् ।

मकैको गुबोमा फौजि किराको प्रकोप छ । भने पातमा पनि अज्ञात रोगले प्वाल परेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अन्नपूर्ण बीउ उत्पादन समुहमार्फत ५० प्रतिशत अनुुदानमा ‘देउती सेतो’ जातको मकै लगाएका उनी अहिले निराश भएका छन् । ‘अज्ञात किराले मकै खाएर सखाप पारेको छ, फेद, गुबो र पातमा धेरै नोक्सानी गरेको छ ।’ उनले भने, ‘ठाउँपिच्छे फरक–फरक रोगले सताएको छ ।’ त्यसका साथै उनले आफुहरुलाई कृषि प्राविधिकबारे पनि जानकारी नभएकोले थप समस्या परेको गुनासो गरे ।

७५ प्रतिशत नोक्सानी

अर्का किसान ५८ बर्षिय मनिराम भण्डारीले पनि पाचँ रोपनी खेतमा मकै छरेका छन् । कुनै रोग, किरा नलागेको भए यस बर्ष १५ मुरी अर्थात १२ क्विन्टल भन्दा बढी मकै उत्पादन हुन्थ्यो । तर अहिलेकै अवस्था कायम रहे त्यसको २५ प्रतिशत अर्थात झण्डै चार मुरी मात्र उत्पादन हुनेछ । ‘कुनै विषादी नपाए ७५ प्रतिशत नोक्सानी बेहोर्ने बाध्यता आइपरेको छ ।’ उनले भने, ‘गाउँपालिकाले वडावडामा प्राविधिक खटाएर समस्या समाधान गरिदिए राम्रो हुने थियो ।’अहिलेकै समस्या यथावत् हरे खाद्य संकट आउन सक्ने भन्दै सतर्क हुन उनले आग्रह गरे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट धुर्कोट गाउँपालिका ५ वस्तुस्थित अन्नपूर्ण बीउ उत्पादन सहकारीमार्फत गान्टारीमा सात क्विन्टल मकैको बीउ लगाइएको छ ।

कुल एक हजार रोपनीभन्दा बढी जग्गामा फरक–फरक जातको बीउ लगाइएको छ । यदि कुनै रोग–किरा नलागेको भए वा सुरुमै आवश्यक बिषदी राखेको भए तीन हजार मुरी अर्थात दुई हजार चार सय क्विन्टल मकै उत्पादन हुन्थ्यो । तर अहिले त्यो उत्पादन धेरै घट्ने अनुमान गरिएको सहकारीका अध्यक्ष लालमणी शर्माले गुनासो गरे । ‘गाउँपालिका र मकै जोन कार्यक्रमले आवश्यक सहयोग गरेन ।’ उनले भने, ‘उत्पादन घट्ने चिन्तामा हामी कृषक परेका छौ ।’ अर्का किसान रामप्रसाद पाण्डेले पनि जनप्रतिनिधि तथा प्राविधिक आफुहरुका समस्याप्रति गम्भिर भइदिन आग्रह गरे ।

लकडाउनले झनै समस्या

अहिले जिल्लाका अधिकाशं ठाउँमा गबारो तथा फौजि किराको प्रकोप देखिएको छ । केहि ठाउँमा अमेरिकी फौजि किरा र कतिपय ठाउँमा मकैको पातमा प्वाल पार्ने किरा देखिएको छ । धुर्कोट, अर्खले, सिमिचौर, इस्मा, मालिका लगायतका क्षेत्रमा यी रोगले बढी नै सताएको छ । यहि समयमा लकडाउन भएकोले पनि किसानहरुलाई झन समस्या परेको छ । ‘लकडाउनले बिषादी लिन जान पाइएको छैन ।’ मकै कृषक कृष्ण प्रसाद भण्डारीले भने, ‘न हिड्न दिन्छन्, न प्राविधिक आउछन् ।’ प्राविधिकलाई सम्पर्क गरेपनि लकडाउनको बाहाना बनाएको उनले बताए । अर्का किसान रविन्द्र भण्डारीले पनि आफुहरुको समस्याप्रति गाउँपालिका पनि गम्भिर नभएको गुनासो गरे । ‘मकैका साथसाथै काक्रा लगायतका फलफुलमा पनि डढेलो लगायतका समस्या देखिएको छ ।’ उनले भने, ‘लकडाउनमा हिड्न पनि पाइएन, औषधी पनि पाइएन ।’

बिषदी कसरी प्राप्त गर्ने

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत समिर मगरले गबारो र अमेरिकन फौजि किराले अधिकाशं ठाउँमा असर गरेको बताए । जसमध्ये कुनै ठाउँमा एक मात्र र कुनै ठाउँमा दुवै रोग देखिएको उनले बताए । सकेसम्म जग्गाको पूर्वतयारी गरेर मकै लगाउन उनले आग्रह गरे । तर अहिलेको अवस्थामा मकैमा बिषदी राख्नुको विकल्प नभएको बताए । जसको लागि ‘किङ स्टार’ नामको पाचँ ग्रामको बिषादी ल्याई पाचँ १६ लिटर पानीमा घोलेर मकैको बोट पुरै भिज्नेगरी स्प्रे गर्न उनले सुझाए । यसो गर्दा आधा रोपनीभन्दा बढीलाई पुग्ने उनको भनाई छ । अर्को किङ किलर नामको बिषदी ल्याएर प्रयोग गर्न सकिने उनले बताए । त्यसको अलवा कुनै समस्या परे कार्यालयमा फोनमार्फत पनि सम्पर्क गर्न सकिने उनले बताए । तर अहिले लकडाउन भएपछि स्प्रे मेसिन पाउन समस्या रहेको उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D