फोटोहरु: यस्तो रह्यो गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो जहाज अवतरण

शिवलाल सुवेदी
गुल्मी, २५ जेठ । गुल्मीको रेसुङ्गा बिमानस्थलमा पहिलो पटक जहाज बसेको छ । सदरमुकाम तम्घास नजिकै दशकभन्दा अगाडि निमार्ण थालिएको पहिलो परिक्षण उडान सफल भएपछि स्थानीय रमाएका छन् । विमानस्थल निर्माणका लागि हालसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको छ शुक्रबार दिउँसोे तारा एयरको जहाज रेसुङ्गा विमानस्थलमा सफल अवतरण गरेको हो ।

पहिलो परीक्षण उडान हेर्न गुल्मीबासीहरु लगायत छिमेकी जिल्ला अर्घाखाचीवासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाचीका नागरिकमा मरिसकेको आशा फेरि व्यूतिएको छ । विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, वाग्लुङ्गका बासिन्दालाई पनि सेवा पुग्ने छ ।

विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआव्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ । ब्यक्तिहरुको र सार्वजनिक जग्गा गरि १ सय १२ रोपनी जग्गामा विमानस्थल फैलिएको छ । ७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको धावन मार्ग रहेको विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैया खर्च भैसकको छ । विमानस्थलको रनवे बनाइसकेपछि शुक्रवार दिउसो तारा एयरको सानो विमानले परीक्षण उडान गरेको हो । यो विमानस्थलमा दैनिक उडान भएमा गुल्मी, अर्घाखाची भित्रिने मानिसहरुलाई सजिलो हुनेछ ।

विमानस्थले गुल्मीको पर्यटन लगायत अन्य क्षेत्रको विकासमा फड्को मार्ने देखिन्छ । करिब १२ वर्षअघिबाट निर्माण थालिएको विमानस्थलमा परीक्षण उडान सफल भएपछि गुल्मीका जिल्लावासी लगायत छिमेकी जिल्ला अर्घाखाचीका वासिन्दाहरु समेत खुसी भएका छन् । प्रदीप ज्ञवाली तत्कालीन नागरिक उडयन तथा पर्यटन मन्त्री बनेको समयमा विमानस्थल बनाउने भन्दै शिलान्यास गरेका थिए । अहिले पनि प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री भएका वेला जहाजको परिक्षण उडान भएको हो । विकानको परिक्षण उडानमा ज्ञवाली पनि सहभागी भएर जिल्लावासीहरुसगँ खुसी साटेका छन । गुल्मीका नागरिकले १२ वर्षदेखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना अन्नतः साकार भएको छ ।

शिलान्यास गरेको विमानस्थल निर्माणको काम चुस्त रुपमा अगाडि बढ्न नसक्दा निरास बनिरहेका गुल्मेलीहरु तारा एयरको जहाजले परीक्षण उडान गरेपछि हर्षित बनेका छन । जिल्लाकै विमानस्थलमा पहिलोपल्ट जहाज ओर्लिएपछि गुल्मीका सर्वसाधरण रेसुङ्गा विमानस्थलमा जहाज हेर्न ओइरिएका थिए । विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक–अर्कामा खुशी साटासाट गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D