gulminews logo
शनिबार, २०८१ बैशाख १५

फूलखेतिमा आकर्षित महिलाहरु (भिडियोसहित)

हुमाकान्त पोखरेल
गुल्मी, ०९ कार्तिक । गुल्मीमा महिलाहरु व्यवसायीक फूलखेतितर्फ आकर्षित भएका छन् । तिहारमा फूल अधिक मात्रामा विक्रि हुने भएकोले महिलाहरु त्यसतर्फ आकर्षित भएका हुन् । रेसुगां नगरपालिका ९ का ५० बर्षिय रेनु कार्कीले फूल खेति गर्न थालेको चार बर्ष भयो । उनले अहिले उनेको मालाको १५० र फूलको प्रतिकेजि ६०० मा विक्रि गर्दै आएकी छन् ।

प्लास्टिकका माला विक्रिको लागि बजारमा राखिएका छन् । तर फूल र फुलको माला लिन भने मानिसहरु घरमै आउने गरेको रेनुले बताईन् । ‘फूल लिन घरमै आउनुहुन्छ, कतै लैजानुपर्दैन ।’ उनले भनिन्, ‘बजारमा फूलको माग धेरै छ, पु¥र्याउन धेरै गाहे छ ।’ त्यसका साथै उनले आइतबार र सोमबार धेरैले फूल लैजाने भनेर रोकाएर राखेको बताइन् । ‘केहिले फूल लैजानुभयो, केहिले राखिदिन भन्नुभएको छ ।’ उनले भनिन्, ‘नजिक घर भएकोले ताजा फूल लैजाने सोच बनाएका छन् ।’ उनले आफुलाई आवश्यक बाहेक सबै फूलहरु विक्रि गर्ने बताइन् ।

तम्घासका स्थानीयले नै उनको फूल खरिद गर्ने गर्दछन् । काठमाडौबाट ल्याएको थुङ्गे फूल अर्को बर्षदेखि अझ व्यवस्थित र धेरै बारिमा लगाउने सोच रहेको उनले बताइन् । रेनुका श्रीमान विर बहादुर कार्की नेपाल कम्युनिष्ट पार्टी गुल्मीका सचिव हुन् । विर बहादुर पनि फुर्सदको समय घरमै खेतिपाति गर्छन् । ‘श्रीमानले बिउ ल्याउने, लगाउने लगायका कार्यमा सहयोग गर्नुहुन्छ, बाँकि स्याहार–सुसार मैले गरेकी छु ।’ उनले भनिन्, ‘परिवारको साथ र सहयोगले नै व्यवसाय राम्रो भएको छ ।’

भिडियो हेर्न यो लिकं क्लिक गर्नुहोस् ।

धुर्कोट गाउँपालिका २ पिपलधाराकी कमला घर्ती गाउँकार्यपालिका सदस्य हुन् । उनले चारवटा बारिमा व्यवसायिक फूल खेति गरेकी छन् । मकै छरे बाँदर लाग्ने । अन्य तरकारी खेति गरेपनि बादँरले टिक्न दिदैँन । सधैभरी हेर्न उनको फुर्सद पनि हुँदैन । यहि अवस्थालाई मध्यनजर गरी गरेको फूलखेतिले कमलालाई सन्तोष दिलाएको छ ।

असारमा बुटबलबाट आठ हजारमा एक पाउ सयपत्री फूलको बिउ कमलाले अहिले ५० हजारको फूल बेच्दैछिन् । कसैले अर्डर दिएमा उनले माला समेत उनेर बेच्ने गर्छिन् । उनले एउटा मालालाई एकसय देखि १४० र फूल प्रतिकेजि पाचँसय रुपैँयामा विक्रि गरेकी छन् ।

‘तम्घासमा ५० केजि पठाए, बाँकि अर्घाखाचीँको खनदह पठाउने हो ।’ उनले भनिन्, ‘बजारको केहि समस्या छैन, माग धान्न गाहे छ ।’ फूल लिन व्यापारिहरु घरमै आउने भएकोले पनि आफुलाई सहज भएको उनको भनाई छ । उनले सुरुमै छ हजारको फुलको विरुवा समेत विक्रि गरेको बताइन् । ‘अहिले अलि थोरै भएजस्तो लाग्यो, अर्को बर्षबाट धेरै बारिमा फूल लगाउने हो ।’ उनले भनिन्, ‘गाउँका अन्य महिलाहरुले पनि फुल लगाउने इच्छ्या व्यक्त गर्नुभएको छ ।’ उनले महिलाहरुले घरको कामको साथसाथै पनि व्यवसायिक हिसाबले काम गरे सफलता टाढा नरहेको प्रतिक्रिया दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D