gulminews logo
शनिबार, २०८१ बैशाख १५

फागुन ४ गते राष्ट्रपति भण्डारी कुर्घा आउने

अनिल खत्री
गुल्मी माघ १६ । गुल्मीको एक बिद्यालयाको स्वर्ण महोत्सवको अबरमा आयोजित कार्याक्रमको उद्घाटन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी आउने भएकी छन् । मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदी स्थित श्री त्रिभुवन माबिको ५० वर्ष पुरा गरेको अबसरमा आयोजित स्र्वण महोत्व कार्यक्रमको उद्घाटन गर्न फागुन ४ गते आउने भएको स्वर्ण महोत्सव मुल आयोजक समितिका प्रचार प्रसार संयोजक रबिलाल पौडेलले जानकारी दिए ।

Presedent Bidya Devi Bhandari. Photo: President’s Office

स्वर्ण महोत्सवको अबसरका बिद्यायलले फागुन ४ गते देखि ७ गते सम्म ४ दिन सम्म बिबिध कार्यक्रमहरु आयोजना गर्ने भएको छ । महोत्सवको फागुन ४ गते राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सवको अबसरका ४ दिन सम्म बिबिध कार्यक्रमहरु सहित बिबिध साँस्कृतिक कार्यक्रहरु पनि गरिने बिद्यालयले जनाएको छ ।
महोत्सवको बिभिन्न कार्यक्रम सम्पन्न गर्न राष्ट्रपति कार्यालयका स्वकिय जनसम्पर्क अधिकृत हिरामणी आचार्य,खेमचन्द्र ढकालले बिशेष सहयोग गरेको प्रचार प्रसार समिति संयोजक पौडेलले जानकारी दिए ।

एकै व्यक्तिले दिए २० लाख, स्वर्ण महोत्सवको अबसरमा १ करोड वढि रकम संकलन

बिद्यालयको स्वर्ण महोत्सवको अबसरका बिभिन्न ब्यक्तिहरुबाट हाल सम्म १ करोड ४ लाख संकलन भएको बिद्यालयले जनाएको छ । बिद्यायलेको स्वर्ण महोत्सवसँगै शैक्षिक गुणस्तर गर्न भन्दै सोहि बिद्यालयका पूर्व बिद्यार्थी हाल बेल्जीयमा कार्यरत घनश्याम शर्माले २० लाख सहयोग गरेको बिद्यालयले जनाएको छ ।
बिद्यालयले स्वर्ण महोत्सव सम्पन्न गर्न भन्दै बिभिन्न तयारीहरु तिब्र पारेको जनाएको छ । स्वर्ण महोत्सव सम्पन्न गर्न बिद्यालयले सहयोग संकलनसँगै अन्य तयारी भइरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D