Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
फरक क्षमता भएका २७ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण - Gulminews

फरक क्षमता भएका २७ विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

हुमाकान्त पोखरेल
तम्घास, १६ चैत (रासस) ः गुल्मीमा २७ जना फरक क्षमता भएका विद्यार्थीहरुको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघ, गुल्मीको आयोजनामा उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

परीक्षण गरिएकामध्ये पाँच जनालाई चस्मा र एकजनालाई औषधी उपलब्ध गराउनुपर्ने भएको छ । नेत्र ज्योती संघ, गुल्मीले चस्मा र गुल्मी अस्पताले औषधी प्रदान गर्ने व्यवस्था मिलाइएको पत्रकार महासंघ, गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभयो । त्यस्तै केही विद्यार्थीलाई छाती, रुघाँखोकी, मुटु लगायतका समस्या देखिएको छ । ति मध्ये केही विद्यार्थीहरुको गुल्मी अस्पतलमा नै उपचार हुने र केहीलाई जिल्ला बाहिर पठाउनुपर्ने भएको छ । उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने विद्यार्थीहरुलाई पनि महासंघले समन्वय गर्ने अर्यालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले अपाङ्गता भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेकोमा महासंघलाई धन्यवाद् दिनुभयो । मेयर भुसालले पत्रकार राज्यको चौथो अङ्ग भएकोले समाजको प्रत्रकारप्रति ठुलो आशा रहेको बताउनुभयो । उपल्लो तम्घास माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गणेश श्रीपालीले विद्यालयमै आएर पत्रकार महासंघले स्वास्थ्य परीक्षणको समन्वय गरेकोमा महासंघप्रति विद्यालय, विद्यार्थी र अभिभावक आभारी रहेको बताउनुभयो । कार्यक्रममा नेत्र ज्योती संघका सुर्य बस्नेत, विर बहादुर कार्की लगायतको पनि उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D