प्रेस युनियन गुल्मीका सचीव विश्वकर्मा सम्मानित

गुल्मी, वैशाख ०१ । नेपाल प्रेस युनियन गुल्मीका सचिव एवम् जिल्लामा क्रियाशील पत्रकार रमेश विश्वकर्मा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ शाखा गुल्मीले पत्रकार विश्वकर्मालाई ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’ बाट सम्मानित गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुषालले जानकारी दिए ।

नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रममा उनलाई नगद सहित सम्मान-पत्रद्वारा सम्मान गरिएको हो । जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट समाजका विकृती तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले जानकारी दिए ।

पत्रकार विश्वकर्माले सामाजिक संजाल फेसबुक मार्फत पुरस्कार स्थापना गर्ने र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भुसाल लगायतलाई धन्यवाद सहित आभार व्यक्त गरेका छन् । साथै उनले यो सम्मानले आफुलाई पत्रकारिता क्षेत्रमा थप जिम्मेवारी बोध गराएको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ