gulminews logo
मंगलवार, २०८० चैत्र ६

हेलिकप्टर मार्फत गुल्मी ल्याईएको पिसिआर मेसिन डेढ महिना थन्किएपछी फिर्ता

गुल्मी, भदौ ११ । कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन झन्डै डेढ महिना थन्किएपछी फिर्ता भएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको पहलमा हिमालयन एयरलायन्सले सहयोग गरेको मेसिन काठमाडौं फिर्ता पठाईएको हो ।

मेसिन हस्तान्तरण गर्न गत साउन ३ गते परराष्ट्रमन्त्री ज्ञवाली आफै हेलिकप्टर मार्फत मेसिन लिएर गुल्मी पुगेका थिए । उनले सदरमुकाम तम्घासमा एक औपचारिक कार्यक्रम बिच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए । मेसिन जडानका लागि आवश्यक प्राविधिक र उपकरण नभएकाले मेसिन काठमाडौं फिर्ता गरिएको बताईएको छ ।

मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो तर रेसुङ्गा नगरपालिकाले झन्डै डेढ महिना पुन लागिसक्दा पनि मेसिन राख्ने भौतिक संरचना तयार पार्न सकेको थिएन । मेसिन सञ्चालनका लागि जिल्लाका दुई नगरपालिकाले १५-१५ लाख रुपैँया र दश गाउँपालिकाले १०-१० लाख रुपैँया विनियोजन गर्ने समेत निर्णय गरेका थिए ।

कोरोनाको पिसिआर परिक्षण गर्ने मेसिन हस्तान्तरण गरे लगत्तै जिल्लामै परिक्षण शुरु हुन कम्तिमा एक महिना लाग्ने गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताएका थिए । उनले त्यतिबेलाई पिसिआर परिक्षण मेसिन ल्यावकाे एक मात्रै अङ्ग भएको भन्दै सबै पुर्वाधार जुटाएर परिक्षण गर्न कम्तिमा एक महिना लाग्ने बताएका थिए । तर उनले भने जस्तै एक महिनामा त परिक्षण सुरु भएन नै, आफ्नै घर आँगनमा कोरोना परिक्षण प्रयोगशाला समयमै सञ्चालनमा आएको हेर्ने जिल्लाबासीको चाहनामा पनि तुषारापात भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D