gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

प्रवासीको गाउँले मोह, पहिरो पीडितलाई चार लाख ३९ हजार सहयोग

टोपलाल अर्याल
गुल्मी, ३० असार । इस्मा गाउँपालिका समाज जापानले पहिरो पीडित परिवारलाई नगद सहयोग गरेको छ । इस्मा गाउँपालिका वडा नं १ र ४ का ७० घर परिवारलाई समाजले सहयोग गरेको हो । पहिरोको कारण मृत्यु, घाइते र बिस्थापित भएका परिवारलाई सहयोग गरिएको इस्मा गाउँपालिका समाज जापानका सदस्य नारायण खनालले जानकारी दिए । समाजले तीन बर्गमा राहत वितरणको योजना बनाएको थियो ।

‘क’ बर्गमा मृतक र घाइते परिवार, ‘ख’ बर्गमा घर गोठ र चौपाय क्षति भएका परिवार र ‘ग’ वर्गमा अति जोखिममा परेका परिवार रहेका छन् । खनालका अनुसार समाजले दुई वडा वडाको लागि चार लाख ३७ हजार तीन सय ९५ रुपैयाँ सहयोग संकलन गरेर पठाएको थियो । इस्मा गाउँपालिकाका वडा नं ४ का ‘क’ वर्गका परिवार छैनन् । ‘ख’ वर्गका ६ र ‘ग’ बर्षका १२ जना रहेको समाजको सदस्य संगिता कुवंरले जानकारी दिइन् । त्यस्तै वडा नं १ मा ‘क’ वर्गका तीन, ‘ख’ वर्गका १९ र ‘ग’ वर्गका ३० जनाले राहत पाउने छन् ।

समाजले ‘क’ वर्गलाई १५ हजार, ‘ख’ वर्गलाई सात हजार र ‘ग’ वर्गलाई ३५ सयका दरले नगद सहयोग गरेको कुवंरले बताइन् । इस्मा गाउँपालिका समाज जापानका संयोजक रामचन्द्र कुवंरले आफुहरुको अभियानमा स्वतस्र्फूत सहयोग पुराउने सवैलाई धन्यवाद दिए । यो अभियानमा ८७ जनाले एक हजारदेखि २० हजारसम्म सहयोग गरेको जानकारी दिए । इस्मा गाउँपालिका समाजले राहत वितरणको लागि वडा नं १ मा वडाध्यक्ष चुरा बहादुर खत्री र वडा नं ४ मा वडाध्यक्ष गनुप्रसाद अधिकारीको संयोजकत्वमा सहयोग हस्तान्तरण समिति निर्माण गरेको थियो । इस्मा गाउँपालिका ४ का पहिरो पीडितलाई गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र वडा नं १ का पहिरो पीडित परिवारलाई वडाध्यक्ष चुराबहादुर खत्री आर्थिक सहयोग प्रदान गरेका थिए ।

पीडित परिवारलाई सहयोग प्रदान गर्दै गाउँपालिका प्रमुख बिष्टले परदेशमा आफ्नो गास कटाएर गाउँको बिपद्मा सहयोग पुराउने इस्मा गाउँपालिका समाज जापानलाई धन्यवाद दिए । उनले पहिरोबाट बिस्थापित परिवारको राहत, सहयोग र पुर्नस्थापनाको बिषमा गम्भिर ढंगले अघि बढेकाले धैर्यता मार्फत बिपद्को सामना गर्नुको विकल्प नभएको बताए । ‘क्षणिक सहयोग र याचनाले पहिरो पीडितको न्याय हुँदैन,’उनले भने,‘केहिबेरको भावना दिर्घकालिन योजना बन्दैन् ।’ त्यस्तै वडाध्यक्ष गनुप्रसाद अधिकारीले तत्काल अस्थायी आवास निर्माण गरेर बिस्थापित परिवारको व्यावस्थापन गरिएको बताए । उनले गाउँपालिका मार्फत राहत प्रदान गरिएको र भुगोल र बर्षातले अति जोखिममा परेका घर परिवारलाई अस्थायी आवासमा ल्याउने काम भइरहेको जानकारी दिए ।

वडा नं १ मा पहिरोले मानवीय क्षति सहित ठुलो भौतिक क्षति पुराएको छ । अहिले पनि क्षतिको यथेष्ट बिवरण संकलनको काम भएकाले तीन वटै सरकार र संघ संस्थाहरुको समन्वयमा उद्धार, राहत र पुर्नस्थापनाको काम अघि बढेको बताए । उनले अर्झै पनि बिच्छेद भएका सवै स्थानमा खानेपानी खडक र बिद्युतको पहुँच पुराउन नसकिएकाले गाह्रो र अप्ठ्यारोलाई समाधान गर्न आफु लागि परेको बताए । ‘बिपद्मा कोहि व्यक्ति र दलले राजनीति गरे त्यसको मुल्यांकलन जनताले गर्छन,’उनले भने,‘ परिस्थतीको सामना सवै मिलेर संभव छ ।’ नेपाल रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लाल बहादुर कुवंरले प्रवासबाट पठाएको सहयोग रकमको सदुपयोग गर्न सवैलाई आग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D