gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, जोगिएन सरकार

काठमाडौँ, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूमाथि विश्वास रहेको पुष्टि गर्न असमर्थ हुनुभएको छ । विश्वासको मतको प्रयोजनको निम्ती बोलाइएको विशेष अधिवेशनको दोस्रो बैठकमा ओलीलाई चाहिने १३६ मत प्राप्त हुन नसकोको हो ।

प्रतिनिधिसभामा २७५ सांसद संख्या रहेको छ । जसमा ४ जना निलम्बनमा परेको कारण २७१ सदस्य कायम रहेको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई बहुमत सिद्ध गर्न कम्तीमा १३६ सांसदको समर्थन चाहिन्छ । आज माधव समूह उपस्थित थिएन ।

आज २३२ जना उपस्थित रहेका थिए । जसमा पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भएको छ ।

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेको घोषणा गर्नुभएको हो । संसदमा माधव नेपाल पक्षले बहिस्कार गरेको छ। नेपाल पक्षका २८ जना सांसदहरुले सामूहकि रुपमा ह्वीप उल्लंघन गर्दै अनुस्थित भएका हुन्। त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहनुभयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीको विपक्षमा मत दिएका छन्। जसपाको महन्थ ठाकुर पक्ष भने तटस्थ बसेको छ। तटस्थमा १५ जना सांसदले मतदान गरेका छन्।

एमालेको नेपाल पक्ष अनुपस्थित र जसपाका सांसदहरुले दुई लाइनमा मत दिएपछि दुवै दल पनि औपचारिक विभाजनको प्रक्रियामा प्रवेश गरेका छन्।

अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाउनुभएके हो ।

मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो ।

आजको अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्ष मण्डल बनाएर सभामुखले १५ मिनेट बैठक स्थगित गर्नुभयो ।

अर्को चरणको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गरे भने त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राखेका थिए ।

सांसदहरुको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिएसँगै मतदान अर्थात मत विभाजन सुरु भएको थियो । मत विभाजनका क्रममा हुन्छ, हुन्न र मत दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D