बुटवल, असौज २० । प्रदेश ५ को स्थायी राजधानी दाङ प्रदेश सभाले पारित गरेको छ ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।
प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।
दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ। यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ। प्यूठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन।