गुल्मी, १९ भदौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले गुल्मीको क्षेत्र नम्बर-१ बाट नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले नेता चन्द्र भणडारी, योगराज कंडेल, चन्द्र केसी र पारिश्वर ढकालको नाम सिफारिस गरेको गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए ।
यस्तै सभापति पन्थीका अनुसार कांग्रेस गुल्मी क्षेत्र नम्बर-२ बाट चन्द्र केसी, त्रैलोक्यप्रताप सेन र डा. दामोदर भुसालको नाम सिफारिस भएको छ । -अन्लाईन खबर डट कमबाट
