प्रतिगामीलाई परास्त गर्न गठबन्धन ः झाँक्री

हुमाकान्त पोखरेल
गुल्मी, २६ वैशाख । नेकपा एकीकृत समाजवादीका सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रतिगामी शक्तिलाई परास्त गर्नको लागि पाँचदलीय गठबन्धन बनाएको बताएकी छिन् । सोमबार गुल्मीको मालिका गाउँपालिका –८ मर्भुङ्ग सिमलटारीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले अहिले एमालेविरुद्ध सबै एकजुट हुनुपर्ने अवस्था आएको बताइन् ।

‘दुई–दुईपटक एमाले अध्यक्ष ओलीबाट संसद विघटन गर्ने काम भयो, त्यसका विरुद्ध एमाले भित्रैबाट संघर्ष गर्ने प्रयास ग¥यौ ।’ उनले भनिन्, ‘अन्तरसंघर्ष गर्ने प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गरेका हौँ ।’ नेता झाँक्रीले प्रतिगामीलाई पराजय गर्ने उपयुक्त समय आएकोले यो समयमा नागरिकले ठिकसँग फैसला गर्नुपर्नेमा जोड दिइन् । ओलीको शासनकालमा भ्रष्टाचार गरेर आर्जन गरेको पैसाले अहिले एमालेले सवारी साधन समेत कब्जा गरेको उनको आरोप छ ।

वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मालिका गाउँपालिकामा केन्द्रमा सत्तागठबन्धनमा रहेका पाँच दलीय गठबन्धनका दलहरुबीचमा चुनावी तालमेल छ । जसमा माओवादी केन्द्रबाट देविराम अर्याल अध्यक्ष एवम् काँग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षका उम्मेदवार छन् । उक्त कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, काँग्रेसका लुम्बिनी प्रदेश उप–सभापति भुवन प्रसाद श्रेष्ठ, काँग्रेसका पूर्व पार्टी सभापति त्रैलोक्य प्रताप सेन, माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेश भण्डारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ