gulminews logo
शुक्रबार, २०८० चैत्र १६

प्रजातन्त्र दिवसको अवसरमा तम्घासमा प्रभातफेरी

अनिल खत्री
गुल्मी, फागुन ७ । जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।

दिवसको अवसरमा गुल्मीमा सोमवार बिहान नगर सरसफाइ, जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको थियो । जिल्ला समन्वय समिति गुल्मी सहित जिल्ला स्थित बिभिन्न कार्यक्रमहरुका प्रमुख कर्मचारी सर्बसाधरण सहित लाकुरी मंचबाट तम्घास बजारका बिभिन्नचोक चोकमा पुगी प्रभातफेरी कार्यक्रममा सम्पन्न गरेका थिए ।

tamghas newsकार्यक्रम जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता जिल्ला स्थित बिभिन्न दलका प्रमुख राजनीति दलका प्रतिनिधि,बिभिन्न कार्यालयका प्रमुख,नागरिक समाज,पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला समन्वय समिति योजना तथा प्रशासकिय अधिकृत चोलाराज शर्माले गरेका थिए । दिवसको अबसरमा मंगलवार दिउँसो अन्र्तक्रिया समेत आयोजना गरिएको छ ।

एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D