gulminews logo
शनिबार, २०८१ बैशाख ८

प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले: गोकर्ण बिष्ट

अनिल खत्री
११ पुस, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३ औं साधारण सभाको कार्यक्रममा बिष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेको बताए ।

गठबन्धन नरहे पार्टी पनि नरहने भएकाले उनिहरुले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । एक्लाएक्लै एमालेसँग चुनाव लड्ने आँट अन्य पार्टीसँग नभएको विष्टले बताए । आगमी निर्वाचनमा सबै राजनितिक दल एमाले विरुद्ध गठबन्धन गरेर आए पनि सबैलाई निर्वाचनमा परास्त पार्ने विष्टको भनाई थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको बहुमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको विष्टले उल्लेख गरे ।

मन्त्री मण्डल विस्तार गर्न एक सय दिन लगाउने सरकारले जनताको समस्या र चाहाना अनुसार काम गर्न नसक्ने विष्टले बताए । आर्थिक वर्ष सकिएको करिब ५ महिनामा विकास खर्च ७ प्रतिशत खर्च गर्ने अक्षम, अयोग्य सरकारको आफूले धेरै चर्चा गर्न आवश्यक नरहेको बताए ।

अब बाँकी ७ महिनामा ९३ प्रतिशत विकास बजेट खर्च गर्न कठिन रहेको उल्लेख गरे । उनले शिक्षाको क्षेत्रमा यस जनज्योति कम्पसले महत्पूर्ण भूमिका निर्वाह गरेको बताए । यस क्याम्पसको बृहत्तर विकासमा सधै सहयोग भइरहेको बिष्टले बताए । प्रबिधि मैत्री शिक्षा बनाउनका लागि सबै बिद्यालयमा कम्प्युटर प्रदान गरिने बिष्टको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D