gulminews logo
मंगलवार, २०८० चैत्र ६

प्यूठान दुर्घटनामा मृतकहरुको शव आफन्तलाई बुझाइयो, घाईते ७ जनाको काठमाडौंमा उपचार हुँदै

अनिल खत्री
२ बैशाख, गुल्मी । प्यूठान दुर्घटनामा मृतक ५ जनाको शब आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृतक ५ जनाको शब आफन्तलाई बुझाइएको हो ।

दुर्घटनामा मृतक प्रशासकीय अधिकृत स्याङजा जिल्ला निवासी ३८ वर्षका श्याम न्यौपानेको शब घटना स्थलबाटै बुझाइएको थियो । अरु ४ जना गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडानम्बर–३ बस्ने चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका वडानम्बर–७ का ३५ वर्षका कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, मालिका गाउँपालिका वडानम्बर–७ निवासी ३५ निवासी यमलाल पन्थीको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोक सभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासनकीय अधिकृत उद्धव पन्थीले बताए ।

शोक सभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्ला स्थित राजनितिक दलका प्रमुख, आफन्त तथा जिल्ला वासीले फुल माला ओढाएर अन्तिम बिदाई गरेका थिए । प्रशासन कार्यालय परिसरमा राखिएको शोक सभामा उपस्थितहरु रुवाबासीले शोक मग्न बनेको थियो ।

आफन्तले शव बुझेसँगै आ–आफनो घाटमा लगेर दाहासंसकार गर्नेछन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई लाई बुधवार नै नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।

५ दिन प्रशासन बन्द

जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधवार सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो । दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । प्रशासनले एक सूचना जारी गर्दै आज १ दिन प्रशासनका सम्पूर्ण कार्य बन्द गर्ने भएको छ ।

शोकमा बैशाख ३ गतेदेखि बैशाख ६ गते सोमवारसम्म शान्ति सुरक्षा र मुद्दा सम्बन्धी काम कारवाही हुने र अन्य सेवा प्रवाह नहुने प्रशासकीय अधिकृत पन्थीले बताए ।

७ जनाको उपचार काठमाडौंमा

दुर्घटनामा गम्भीर घाइते सन्दिप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो । दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मा सहितको टोली प्युठान पुगेका थिए । जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोली दुर्घटना स्थल र घाइतेहरुको अबस्था बुझेर गुल्मी फर्किएका छन् । सामान्य घाइतेहरुलाई घर फर्काएर शव लिएर गुल्मी आएका हुन् । नव वर्षको सुरुवाती दिनमै जिल्लामा भएका दुर्घटनाले जिल्ला वासी शोक मग्न भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D