gulminews logo
शुक्रबार, २०८१ बैशाख २८

पौँदी सेवा समाजद्धारा ग्वालीचौरका मृगौला पीडित जिसीलाइ १ लाख ६३ हजार रुपैँया सहयोग

अनिश शर्मा गैरे
गुल्मी, चैत्र ०९ । बाग्लुङ्को बडिगाड गाँउपालिका ५ ग्वालीचौर खौलारका मृगौला पीडित तिल बहादुर जिसीलाइ आज आर्थिक सहयोग हस्तान्तरण गरीएको छ ।

पौदी सेवा समाज जापानमा आबद्ध जापानबासी नेपालीहरुको पहलमा संकलित १ लाख ६६ हजार २ सय ५१ रुपैया ५३ पैसा आज एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको हो ।

बडिगाड गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा भानु माबिका प्रद्यानाध्यापक केशव खरेलको प्रममु आतिथ्यता रहेको थियो भने नेकपा एमाले जिल्ला सदस्य तिर्थमणी भुषाल, नेरासमाबि का भुपु शिक्षक नारायण थापा, ग्वालीचौर समाज कल्याण केन्द्रका अध्यक्ष रामचरण घिमिरे, मेलमिलाप आमा समहुका अध्यक्ष केशरी घिमिरे, प्रहरी चौकी इन्चार्ज मोहदत्त शर्मा, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, सहप्रमुख अनिश शर्मा लगायतको उपस्थिती रहेको थियो । सहयोग रकम मृगौला पीडित तिलबहादुर जिसीको श्रीमती सञ्जिता जिसीलाइ हस्तान्तरण गरीएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भानु माबिका प्रअ केशब खरेलले दुख सबैलाइ पर्ने भएकोले प्रवासमा रहेको आफ्नो गासको केही भाग काटेर सहयोग गरेको प्रति सहयोगी दाताहरुलाइ धन्यवाद दिए । उनले मानवले मानवलाइ पर्नै दुखमा यसैगरी साथ दिनुपर्ने बताए । यस संस्थाले गरेको परोपकारी काम प्रति उनले धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष समेत रहेका वडाध्यक्ष अर्जुन खरेलले रोगी दुखीहरु त्था स्वास्थ्य क्षेत्रको लागि पौदी सेवा समाजले गरेको काम सरहानीय भएको बताए । उनले सो संस्था पौदी क्षेत्रका बिभिन्न समस्यामा परेको ब्यक्तिहरुको लागि गरेको सहयोग तथा कला संस्कृति संरक्षणमा देखिएको संस्थाको यो लगाव सरहानीय रहेको बताए ।

कार्यक्रमको सञ्चालन ग्वालीचौर समाज कल्याण केन्द्रका सचिब प्रदिप खरेलले गरेका थिए ।

यसैबिच उनै मृगौला पीडित जिसीलाइ गत फाल्गुण २८ गते पनि १ लाख ३१ हजार ५ सय रुपैया सहयोग गरीएको थियो । समाजसेवी हरिचन्द्र घिमिरेको सक्रियतामा ग्वालीचौरका खार, खौलार, न्वार, भर्मचौर, ठुलीचौरु क्षेत्रका स्थानीयहरुबाट संकलित सो रकम हस्तान्तरण गरीएको हो । रकम बडिगाड गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको रोहबरमा हस्तान्तरण गरीएको थियो ।

३६ बर्षीय जिसी बिगत दुइ बर्ष देखी दुवै मृगौलाले काम गर्न छोडेर काठमाण्डौको ग्राण्डी अस्पतालमा नियमित डाइलासिस गराइरहेका छन । उनको लागि मृगौला प्रत्यारोपण गर्न १२ लाख रुपैया लाग्ने अस्पताललले जनाएको छ । दुइ बर्ष अघि रोजगारीको लागि दुबइमा रहँदा एक्कासी बिरामी भएपछि परीक्षण गर्दा मृगौला फेल भएको पाइएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D