gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

पोल्याण्ड र पोर्चुगलबाट पहिरो पिडितलाई सहयोग

अनिश शर्मा गैरे

गुल्मी २७, साउन । गुल्मीको सत्यवति गाँउपालिकाका पहिरो पीडितलाइ प्रवासमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । यसै क्रममा गुल्मी समाज पोल्याण्डले २ लाख १७ हजार ५ सय रुपैया सहयोग गरेको हो भने गुल्मी समाज पोर्चुगल बाट ७१ हजार ५ सय रुपैया राहत रकम प्रदान गरिएको छ ।त्यसैगरी गुल्मीका फोटो ग्राफर रविलाल पौडेलले संकलन गरेको २० हजार ५ सय ५१ रुपैया पनि हस्तान्तरण गरिएको छ । युकेबाट सिता अर्यालले दश हजार, जापानबाट हरि प्रसाद पौडेलले ५ हजार ५ सय १ र प्रतिभा रिजालले जापानबाट ५ हजार ५० रुपैया पौडेल मार्फत पीडितलाइ प्रदान गरिएको हो ।

मृतकका परिवार लाइ पाँच पाँच हजार को दरले ३५ हजार रुपैया नगद हस्तान्तरण गरिएको छ भने बाँकी २ लाख ७४ हजार ५ सय ५१ रुपैया विपद व्यवस्थापन कोषमा जम्मा गरिएको छ । कुल रकम ३ लाख ९ हजार ५ सय ५१ पहिरो पीडितलाइ सहयोग गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष बिदुर शर्मा, फोटोग्राफर द्धोय रविलाल पौडेल र देविराम घिमिरे, त्रिभुवन माबिका शिक्षक दधिराम शर्मा, समाजसेवी हरि शर्मा, ब्यापारी बिपिन गुरुङ लगायतको टोलि पुगेको थियो ।
सो रकम गाँउपालिका अध्यक्ष पारिश्वार ढकाल तथा अन्य जनप्रतिनिधिको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । सहयोग बुझेपछि गाँउपालिका अध्यक्ष ढकालले दुखको घडीमा मल्हम लगाउन पुगेका सबैमा धन्यवाद व्यक्त गरे । गत साउन ७ गते विहान गएको पहिरोमा परी सत्यवति गाँउपालिकामा १३ जनाको निधन भएको थियो भने १२ सय ६० जना परिवार प्रभावित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D