gulminews logo
शनिबार, २०८१ बैशाख २९

पूर्व मन्त्री विष्टले पठाए गृहजिल्लामा ४५ अक्सिजनका सिलिन्डर

हुमाकान्त पोखरेल
गुल्मी, ०१ जेठ । पूर्व मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले गृहजिल्ला गुल्मीमा ४५ वटा अक्सिजनका सिलिन्डर पठाएका छन् । जसमध्ये १५ वटा काठमाडौबाट पहिले नै भरेर आएका थिए भने बाँकी ३० वटा शनिबार तम्घास आइपुगेका छन् ।

३० सिलिन्डरमा बुटबलमा अक्सिजन भर्न सम्भव नभएपछि पोखरा लगेर अक्सिजन भरिएको नेकपा एमाले गुल्मीका नेता गणेश श्रीपालीले बताए । पठाएका अक्सिजन सिलिन्डरमध्ये १० वटा गुल्मेली सहयोगी मनको तर्फबाट र बाँकी ३५ वटा विष्टले नै प्रदान गरेको श्रीपालीले बताए । जिल्ला आएका सिलिन्डर सबै तम्घास अस्पताललाई प्रदान गरिएको छ ।

अक्सिजन आएसँगै अहिले धेरै बिरामीलाई सेवा दिन सकिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । अहिले अस्पतालमा अक्सिजन दिएर उपचार गर्नुपर्ने ३७ जना कोरोना संक्रमित बिरामी छन् । अक्सिजन आएसँगै अहिले उपचारमा थप आत्मबल बढेको र सहज भएको डा. पच्याले बताए 

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D