gulminews logo
शनिबार, २०८१ बैशाख ८

पूर्वमुख्य सचिव पौडेलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सन्तोष महतारा
नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

पूर्वमुख्य सचिव पौडेलले गुल्मी जिल्लाका लागि १ लाख थान मास्क, १ सय एमएल बराबरका ४ सय बोत्तल स्यानिटाइजर र एक थान कन्सन्टेटर गुल्मी अस्पताल, जिल्लाका स्थानीय तह र स्वास्थ्यचौकी समेतका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पूर्वमुख्य सचिव लीलामणी पौडेलले जानकारी दिए । पूर्वमुख्य सचिव लीलामणी पौडेलले दोस्रो लहरको समयमा गुल्मीमा भएका घटनाहरुको बारेमा जानकार रहेको बताउँदै जिल्लाका लागि स्वास्थ्य सामाग्री लिएर सबै पालिकामा पुराउने लक्ष्य राखेको बताए ।

“स्वास्थ्य सामग्री नागरिक स्तरसम्म पुराउन आवश्यक छ ।” पौडेलले भने, “जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहसँग समन्वय गरेर आवश्यक नागरिकसम्म मास्क र स्यानिटाइजर पुग्नुपर्छ ।” जिल्लाका स्थानीय तहले वितरण गरेको स्वास्थ्य सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय गुल्मीले मागेमा नागरिकसम्म स्वास्थ्य सामग्री पुग्ने उनले बताएका थिए । कोरोनाको दोस्रो चरणको भेरियण्ट राजनीतिक दलका नारा जुलुसले बढेको बताएका थिए । तेस्रो भेरियण्टमा ठुलो क्षति नबेहोर्नका लागि शनिबारैबाट सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उनले आग्रह गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पराजुलीले गुल्मी जिल्लामा जन्मिएका पूर्वमुख्य सचिव लीलामणि पौडेलले जिल्लाप्रति जिम्मेवारी बोध गर्दै स्वास्थ्य सामाग्री वितरण गर्नुले जिल्लावासी सबैको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद दिएका थिए । गुल्मी अस्पतालका प्रमुख डाक्टर पच्याले कोरोनाको समयमा सबै क्षेत्रबाट गरिएको सहयोगले बिरामीलाई उपचार गर्न सहज पुगेको बताएका थिए । कोरोनाको पहिलो लहरदेखिको पहिलो चरणदेखि अहिलेसम्म आइपुग्दा पूर्वमुख्य सचिव पौडेलसँगै सबै सहयोगी प्रति कृतज्ञ रहेको बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुले सहयोगीहरुले गरेको सहयोग नागरिक स्तरसम्म नपुगेको गुनासो गरेका थिए । स्थानीय तहको कार्यालयसम्म पुगेर स्वास्थ्य सामाग्री थन्किने र पहुँचवालाको घरमा मात्र मास्क र स्यानिटाइजर पुग्ने पत्रकारहरुको गुनासोलाई सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पराजुलीले नागरिक स्तरसम्म स्वास्थ्य सामग्री पु¥याउन जिल्ला प्रशासन कार्यालयको तर्फबाट भुमिका खेल्ने बताएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D