gulminews logo
शनिबार, २०८१ बैशाख ८

पुल बनेपछि स्थानीय खुसि

हुमाकान्त पोखरेल
गुल्मी, २० कात्तिक । इस्मा गाउँपालिका वडा नम्बर १ र २ जोड्ने ‘हस्तिचौर झोलुङ्गे पुल’ को उद्घाटन गरिएको छ । छिनुवा घर्तिफँटमा छल्दि खोलाको माथि बनेको झोलुङ्गे पुलको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् सोहि क्षेत्रका प्रतिनिधिसभा सासंद गोकर्ण विष्टले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले आफुहरु पुलसँगै जनताका अन्य आधारभुत आवश्यकता पुरा गर्न लागिपर्ने बताए । सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवास लगायतका आधारभुत मागहरु पूर्तिको लागि सरकार लागिपरेको बताए ।

पुल बनेसँगै स्थानीय पनि हर्षित भएका छन् । स्थानीयलाई आवात–जावतमा सहज भएको, घासँ दाउरा ल्याउन तथा विद्यार्थीलाई विद्यालयसम्म ओहोर–दोहोर गर्न सहज भएको हुँदा स्थानीय खुसि भएका हुन् । स्थानीय मिना कुमालले पुलले गर्दा सबैभन्दा धेरै बर्षायाममा सहज हुने प्रतिक्रिया दिइन् । ‘बर्षायाममा खेतमा आवत–जावत गर्नुपर्ने हुन्छ, तर खोला ठुलो आउने भएकोले धेरै गाहे हुन्थ्यो ।’ उनले भनिन्, ‘पुल बनेसँगै राहतको महसुश भएको छ ।’ त्यसका साथै उनले छोराछोरीहरुलाई विद्यालय पठाउँदा पनि मन ढुक्क हुने बताइन् ।

जसलाई आठ बर्ष पहिले त्यहि खोलाले बगाएर पनि बाँचे

चन्द्र खत्री अहिले ६६ बर्षका भए । आठ बर्ष पहिले सामान ल्याउन भन्दै खोलापारि गए । सिमसिम पानी परेको थियो । उनको एक हातमा छाता र अर्को हातमा घरको सामान थियो । त्यतिबेला खोलामाथि पुल थिएन् । उनलाई जसरी पनि घर जानु थियो । उनी खोला तर्न खोजे । तर बिच भागमा नपुग्दै उनलाई छल्दि खोलाले बगायो । खोलाले उनलाई मात्रै बगाएन, साथमा रहेको छाता, सामान र चप्पल पनि लग्यो । केहि समयपछि गाउँलेले देखेपछि उनको जिवितै उद्धार गरे । ‘मलाई नै यहि खेलाले झण्डै ज्यान लिएन, त्यत्तिबेला भाग्यले बाँचे ।’ उनले भने, ‘अहिले यहि ठाउँमा पुल बन्दा हर्षका आशुँ झरे ।’ खत्रीले ढिलै भएपनि पुल बन्नु गाउँका लागि ठुलो र महत्वपूर्ण उपलब्धि भएको बताए । यसले किसान, विद्यार्थी–शिक्षक, अन्य यात्रु लगायत सबैका लागि फाइदा पुगेको बताए ।

३०४ मिटर लम्बाई, ६५६ पदयात्रु

कुल ३०४ मिटर लम्बाई रहेको पुल ९१ मेक्ट्रिक टन अर्थात ६५६ पदयात्री एकैपटक यात्रा गर्न मिल्नेगरी विराट÷अन्नपूर्ण जे.भि.ले निर्माण गरेको छ । वि.स. २०७४ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, सस्पेन्सन बृज डिविजन, पुल्चोक ललितपुरको मातहतमा पुल निर्माण भएको वडा नम्बर १ का अध्यक्ष चुरा खत्रीले जानकारी दिए ।

यस बर्ष पाचँ लाखलाई रोजगारी

कार्यक्रममै बोल्दै श्रममन्त्री गोकर्ण विष्टले यसै बर्ष देशभरबाट पाचँ लाखलाई रोजगारी दिने तयारी भइरहेको बताए । जसमध्ये विभिन्न बैंक, सेना, प्रहरी, शिक्षक तथा निजामति सेवामा ६० हजारलाई रोजगारी दिइनेछ । गत बर्ष संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत गाउँमा केहि उत्साह ल्याएको भन्दै मन्त्री विष्टले यस बर्ष त्यस कार्यक्रमलाई थप व्यवस्थित बनाएर संचालन गरिने जानकारी दिए ।

सरकारले सके युवाहरुलाई न्यूनतम एक सय दिनको रोजगारी दिने, नसके गरिबीको रेखामुनि रहेका युवाहरुलाई न्यूनतम ५० दिनको रोजगार भत्ता दिने योजना आफुहरुको रहेको पनि उनले बताए । त्यसका साथै उनले आफुहरुको कार्यकालभर बृद्धभत्ता पाचँ हजार पु¥र्याइने तथा निर्वाचनका बेला जनाएका सबै प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने समेत प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D