gulminews logo
बुधबार, २०८१ बैशाख ५

पुलसंगै स्थानीयका आशा बगे: डिजाइनमै गुनासो, निर्माण व्यावसायी इटनी बिक्षिप्त

टोपलाल अर्याल
गुल्मी, ५ गुल्मी । मुसिकोटकी सचिना कार्कीको पक्की पुल तरेर नयाँ कक्षा आउने रहर पनि पुरा भएन । उनी झेँदीबाट झोलुङ्गे पुल तरेर महेन्द्र आर्दश मावि वामी पुग्छिन् । अहिले कक्षा ८ को परिक्षा दिएर कार्की घरमै छन् । पुल बन्न थालेपछि पनि सचिनाले दुई वटा बार्षिक परिक्षा दिइन् । तर पक्की पुलबाट बडिगाड नदि तर्ने सपना पुरा भएन् ।

गत साल नयाँ बर्षकै दिन पुल ढल्यो भने अहिले पनि बाढिले पुल बगायो । ‘पुलमा काम गर्नेले नयाँ कक्षा नयाँ पुलबाट भनेर जिस्क्याउँथे, खुसी भएर बिद्यालय आउजाउ गर्थ्यौ”, कार्कीले भनिन्, ‘बैशाखमै पुल तर्ने सपना बगे ।’ उनीसंगै झेँदी पुलबाट बढिगाड पार गर्ने वडागाउँ, मुसिकोट र वामीका नागरिको सपना तुहिएको छ । गत बर्ष पुल ढलेपछि मुसिकोट नगरपालिका ३ का गणेशलाल भण्डारी निकै निराश थिए । उनलाई फेरि पुल बन्ला भन्ने पत्यार थिएन । तर आठ महिनापछि पुल बन्न थालेकाले स्थानीयमा नयाँ आशा पलाएको थियो । त्यो धेरै समय टिकेन । ‘बर्खे भेलमा भत्किएको झोलुङ्गे पुलबाट वारपार गर्छौै, नभत्किएको भए अहिले गाडी कुद्थ्यो”, भण्डारीले भने, “पहिले कच्चा काम गरे अहिले प्रकृतिले ठग्यो ।”

निर्माण व्यावसायी वाइबि जय बुद्ध कन्ट्रक्सनका म्यानेजर क्रृषिराम इटनी अहिले बिक्षिप्त छन् । गत बर्ष पुल मात्रै भत्किएन सोहि पुलबाट लडेर खुट्टा समेत भाँचे । आठ महिना पुलको काम भएन । दुई करोडको बिमा गरेका इटनीले पुलको एक करोड पनि पाएनन् । ठुलो नदिमा बिना पिल्लरको पुल बनाउने सामान्य कुरा थिएन । तर सम्झौताका कारण फेरि जोखिम मोलेर काम थाले । अहिले पनि बाढिले पुल रहेन । इटनीको लगानीसंगै गाउँलेहरुका पुल तर्ने रहर बाढीमा बगे । उनले गाउँलेको मात्रै नभएर आफ्नो पनि पुल गर्ने सपना एक घण्टामा खरानी भएको दुखेसो पोखे । “गाउँलेको आशामा हिम्मत बोकेर भत्किएको पुल उठाएँ तर पुरा गर्न सकिन”, उनले भने, “पुलसंगै गाउँसंगको सम्बन्ध पनि टुटे ।” उनले सम्झौता गरेर काम गरेपछि अहिले आफुले कसैलाई दोष दिन नचाहेको बताए । सवैको सहयोग पाए डिजाइन परिवर्तन गरेर काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

पुलको डिजाइनका बारेमा गत बर्ष नै निकै बिरोध भएको हो । तर यो बर्ष पनि केहि सच्याए मात्रै काम गरियो । परिणाम पुलनै बाढिले लग्यो । ठुलो नदिमा पुल ५५ मिटरको पुल । बिचमा कुनै पिल्लरनै छैनन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले डिजाइनको बिषयमा मन्त्री लगेर बिभाग पुगे पनि सच्याउन नसकिएको गुनासो गरे । कुनै उपाय नभएपछि हुइम पाइपको सट्टा जाली भरेर पानी पास गरे पनि अत्यधिक ठुलो बाढी आएकाले दुर्घटना भएको सापकोटाले बताए । ‘बिभागको मुर्खताले जनता माछो–माछो भ्यागुतो बने,‘उनले भने,‘बिचरा दुई पटक पुल ढलेपछि निर्माण व्यावसायी मानसिक रोगी बनेका छन् ।’ पुल निर्माणको जिम्मा पाएको सडक पुर्वाधार विकास कार्यालयका प्रमुख गोपीराज पुनले अव डिजाइन परिवर्तन गर्नुको विकल्प नभएको बताए । अहिले डिजाइन अनुसारको काममा कुनै समस्या नभई बाढीलेनै पुल बगाएको दावी गरे ।

गुल्मीमा बाढीको बितण्डा

बुधबार परेको अविरल बर्षाले मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोडने पुल झेँदी पुल बगाएको छ । मुसिकोट नगरपालिका १ र इस्मा गाउँपालिका ४ जोड्ने निस्ती खोला पुलको पनि आधा भाग बगाएको छ । बडिगाडको झेदी खोला पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा पाएको हो । ५५ मिटर लामो पुलको लागत पाँच करोड १७ लाख रहेको छ भने निस्ती खोलाको पुल गर्जुमुखी हरि हरि जेभीले निर्माण गरिरहेको छ । पुलको पहिलो खण्ड ढलान भएको छ । भने दोस्रो खण्डको काम बाँकी थियो । बाढीले ढलाईको लागि तयार गरेको फलामका टेका, छड, पलाइउड, जेनेरेटर, मिक्स्चर मेसिन लगायतका समान बगाएको निर्माण व्यावसायी हरि कुमार श्रेष्ठले बताए । त्यस्तै सोहि स्थानमा सडकको काम गरिरहेको चण्डेश्वरी हेवि इक्यूमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर बाढीले बगाएको छ ।

सुस्त कामले जोखिम बढि

डिजाइन अनुसार गुणस्तरमा कुनै समस्या नभए पनि पुलको काम ढिला गरेको स्थानीयको गुनासो रहेको छ । गत बर्ष पुल भत्किएपछि बर्खा र बिमाको कामले दशै ढिप्कियो । मुसिकोट नगरपालिका सडक पुर्वाधार कार्यालयले निर्माण व्यावसायीलाई ताकेता गरे । कम्पनीले दशै तिहार लगतै काम गर्ने प्रतिवद्धता पनि जनाए । तर पुस अन्तिम साताबाट मात्रै काम थाले । ‘दुई महिना छिटो गरेको भए काम पुरा हुन्थ्यो, दशैपछि भनेर माघ लाग्ने बेलाका काम गरे,’मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले भने,‘तर बैशाखमै बाढीको कल्पना कसैको थिएन् ।’ ठुलो नदि भएकाले जोखिम जति बेला पनि हुन्थ्यो । पछिल्लो समयमा जस्तै काम थालेकै महिनाहरुमा काम गरेको भए पनि अहिलेको अवस्था नआउने स्थानीय प्रेम शाक्यले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D