Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
"पुरस्कार र दण्डको व्यवस्था गरिए भ्रष्ट्रचार न्यूनिकरण गर्न सकिने" - Gulminews

“पुरस्कार र दण्डको व्यवस्था गरिए भ्रष्ट्रचार न्यूनिकरण गर्न सकिने”

अनिल खत्री
२३ मंसिर, गुल्मी । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा गुल्मी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीले सयुक्त रुपमा राखेको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले नेपालमा भ्रष्ट्रचार बढनुको कारण र यसको नियन्त्रण निगरानी लगायतको बारेमा प्रस्तुती राखेका थिए । उनले भष्ट्रचार उन्मुलनका लागि राजनीतिक शुद्धीकरण, संरचनागत र कानुनी सुधार, प्रभावकारी अनुगमन तथा मूल्याकंन हुनुपर्ने बताए ।

सुशासनका मापदण्डहरुको पालना पूर्ण रुपमा गरिनु पर्नेमा जोड दिए । सार्वजनिक खरिद र ठेक्का व्यवस्थापन, सार्वजनिक पदाधिकारीको आचारसंहिता, पुरस्कार र दण्डको व्यवस्था गरिए भष्ट्रचार न्यूनिकरण गर्न सकिने पाण्डेको भनाई छ । उहाँले भष्ट्रचार विरुद्धका शशक्त अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गरे । मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले भष्ट्रचारको नियन्त्रणका लागि राजनैतिक दलहरु नै मुख्य जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।

राजनीति र राजनेतामा नैतिकता नभएसम्म भष्ट्रचार रोकिदैन् बोली र व्यवहार एक समान हुन जरुरी रहेको उनको भनाई छ । रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भष्ट्रचार क्यान्सरको रुपमा फैलिरहेको बताए । श्रेष्ठले सरकारले नै भष्ट्रचारलाई बढवा दिईरहेको उल्लेख गरे । सरकारले भ्रष्ट्रचारको अन्त्यका लागि अख्तियार देखाएर उम्किन नमिल्ने बताए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले एकले अर्कालाई आरोप लगाएर मात्र भष्ट्रचारको अन्त्य गर्न नसकिने बताए । जहाँ अभाव हुन्छ, त्यहाँ भष्ट्रचार हुन्छ समय, नीति, विधि र कानुन अनुसार चल्न नसक्दा भष्ट्रचार बढ्ने गरेको मरासिनीको भनाई छ ।

जनता समाजवादी पार्टी गुल्मीका उपाध्यक्ष घनश्याम पाण्डे तथा जनमोर्चाका हरिलाल न्यौपानले राजनैतिक भागबण्डाबाट गरिने नियुक्ती जस्ता कार्यले पनि भष्ट्रचार, बढाएको बताए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सोंच र संस्कारका कारण पनि भष्ट्रचार हुने गरेको उल्लेख गरे ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका प्रजिअ पौडेलले जिल्लामा अवस्थित कार्यालयहरुका प्रमुखरुलाई कहिकतै गुनासो नआउने गरि तथा भष्ट्रचारको गन्ध नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । कार्यक्रमको सहजीकरण भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीका सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D