gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पिपलधारा ‘पूर्ण संस्थागत प्रसुती वडा’

हुमाकान्त पोखरेल
गुल्मी, २२ असार । धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गरिएको छ । मंगरबार औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरेका हुन् । चालु आर्थिक बर्षमा पिपलधारामा सबै महिलाहरु स्वास्थ्य संस्थामै प्रसुती भएपछि वडालाई नै पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।

यो आर्थिक बर्षमा पिपलधारामा कुल २३ महिलाहरु प्रसुती भएका थिए । जसमध्ये २० जना पिपलधारा स्वास्थ्य चौकी र तीन जना अन्य स्वास्थ्य संस्थामा प्रसुती भएका थिए । भने शिशु मृत्युदर शून्य रहेको छ । धुर्कोट गाउँपालिकामा यसभन्दा अगाडी नै वडा नम्बर ५ वस्तु र वडा नम्बर ६ धुर्कोट रजस्थल ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा भइसकेका छन् । पालिका अध्यक्ष पोखरेलले आगामी बर्षमा बाँकी चार वडा पनि ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गर्ने कार्यक्रम रहेको बताए । शिशु जन्मिदा नै स्वास्थ्य हुनुपर्ने भएकोले सबैलाई स्वास्थ्य संस्थामै प्रसुती हुनुपर्छ भन्ने चेतना अभिवृद्धिको लागि पनि पालिकाले काम गरेको पोखरेलले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D