gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो (पुरा बिवरण सहित)

गुल्मी, साउन ०८ । पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

गुल्मी हुँदै बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका २ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो ।

घाईतेहरुको विवरण:

१. बस चालक रुपन्देही कन्चन गाउँपालिका ५ का ३३ वर्षीय किषन श्रीष
२. बागलुङ बडीघाट गाउँपालिका १० निगलपानिका १८ वर्षीय सिजन थापा
३. गुल्मी चन्द्रकोट गाउँपालिका ८ की २१ वर्षीया रचना सुवेदी
४. गुल्मी चन्द्रकोट गाउँपालिका ८ की १८ बर्षिया प्रियंका काफ्ले
५. गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का ३१ वर्षीय चन्द्रबहादुर कामी
६. गुल्मी चन्द्रकोट ८ की ६ वर्षीय रिया सुवेदी रहेका छन्
७. कपिलवस्तुको वाणगंगा २ का ४२ वर्षीय पिताम्बर रेस्मी
८. गुल्मीको सत्यवती ६ खैरेनी का ३५ वर्षीय छविलाल ढकाल
९. गुल्मी सत्यवती ६ खैरेनीका का १५ वर्षीय पुजन ढकाल
१०. नवलपरासीको बर्दघाट नगरपालिका कुकुरमाराका ५६ वर्षीय अम्मरे कामी
११. बागलुङ पाटन १ का ३० वर्षीय टेकलाल रसाइली
१२. रौतहट वीरेन्द्रवन ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर
१३. म्याग्दी रुमा २ की ३९ वर्षीया सुमित्रा रोका
१४. म्याग्दी रुमा २ का ४ वर्षीय विश्वास रोका
१५. रुपन्देही देवदह ७ का ६१ वर्षीय खडकबहादुर विक रहेका छन्
१६. रुपन्देहीको बुटवल ११ का ५७ वर्षीय गोविन्द थापा

दुर्घटनामा ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको छ । घाइतेहरुको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतकहरुको शवलाई जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ ।

बस सडकबाट झण्डै १ सय मिटर तल खसेको छ। सडकको डिल भासिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उक्त ठाउँ नजिकै यसअघि मलामी सवार बस दुर्घटना भएको थियो। गत पुस १८ गते बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D