gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत (पुरा बिवरण सहित)

गुल्मी, साउन ०९ । पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ । दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसीकोट नगरपालिका ७ का ४० वर्षीय लाल बहादुर राना, रुपन्देही देवदह नगरपालिका ७ की ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ का ४५ वर्षीय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ वर्षीया पूर्णीमा कामी र बागलुङ बडिगाड गाउँपालिका १० की ५५ वर्षीया यमकलि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

बागलुङको बुर्तिबाङबाट गुल्मी हुँदै बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो।

त्यस्तै, दुर्घटनामा बस चालक रुपन्देहीको कन्चन गाउँपालिका ५ का ३३ वर्षीय किषन श्रीस, बागलुङको बडीघाट गाउँपालिका १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ का ५७ वर्षीय गोविन्द थापा, गुल्मीका चन्द्रकोट गाउँपालिका ८ की २१ वर्षीया रचना सुवेदी, सोही ठाउँका ६ वर्षीय रिया सुवेदी, १८ वर्षीया प्रियंका काफ्ले, ३१ वर्षीय चन्द्र बहादुर कामी, कपिलवस्तुको वाणगंगा नगरपालिका २ का ४२ वर्षीय पिताम्बर रेग्मी घाइते भएका थिए।

त्यसैगरि, गुल्मीको सत्यवती गाउँपालिका ६ का ३५ वर्षीय छविलाल ढकाल, सोही ठाउँका १५ वर्षीय पुजन ढकाल, नवलपरासीको वर्दघाट नगरपालिका ५६ वर्षीय अम्मरे कामी, बागलुङको पाटनका ३० वर्षीय टेकलाल रसाइली, रौतहटको विरेन्द्रवन ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर, म्याग्दीको रुमा गाउँपालिका २ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँका ४ वर्षीय बिस्वाश रोका, रुपन्देहीको देवदह नगरपालिका ७ का खड्क बहादुर बिक घाइते भएका थिए ।

घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा सिजन थापा, गोविन्द थापा, रचना सुवेदी, प्रियंका काफ्ले, रिया सुवेदी, छबिलाल ढकाल, पुजन ढकाल र अम्मरे कामी रहेका छन्।

अस्पतालमा उपचाररत घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D