gulminews logo
बुधबार, २०८१ बैशाख १२

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालकले कोरोना जिते

हुमाकान्त पोखरेल
गुल्मी, २६ वैशाख । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालबाट कोरोना जितेका हुन् । उनलाई श्वास फेर्न गाहे हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्य चौकी लगेका थिए ।

स्वास्थ्यकर्मीले कोरोनाको आशकांमा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ आयो । त्यसपछि सोही दिन नै गाउँपालिकाले वडा नम्बर ४ म्यालपोखरीमा संचालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरियो । उनलाई गाउँपालिकाले खरिद गरेको अक्सिजन दिएको र अन्य भिटामिनको सहायताले कोरोना निको भई पाचौँ दिनमा शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थराज पन्थीले बताए ।

कोरोना संक्रमितको उपचारका लागि म्यालपोखरीमा १० शैयाको अस्थायी कोभिड– १९ अस्पताल बनाएको छ । जसमा तीनओटा अक्सिजन प्लान्ट र ६ ओटा अक्सिजन सिलिन्डर छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D