पार्टी भित्र हुने निर्वाचनले ठूलो द्धन्द जन्माउँछ: डा. भण्डारी

अनिल खत्री
११ मंसिर, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले पार्टी भित्र हुने वार्डदेखि केन्द्रसम्मको निर्वाचनले ठूलो द्धन्द जन्माउने बताएका छन् । शनिवार नेपाली कांग्रेस गुल्मीको आठौं अबिधेशनमा जिल्ला सभापति पदका लागि मतदान प्रक्रियामा सहभागिता जानउदै भण्डारी यसको व्यवस्थापनको निम्ति नयाँ अनुसन्धानको आबश्यकता रहेको बताए ।

उनले पार्टी भित्र निर्वाचन सहित अरु प्रक्रिया पनि अबलम्बन गर्नुपर्नेमा जोड दिए । राजनितिक पजातान्त्रिक प्रणालीमा महत्वपूर्ण अंग निर्वाचनले भएको बताएका छन् ।

पार्टीको निर्वाचनमा उठ्ने पराजय भए कसैले हरायो भन्ने जिताए कसैले जितायो भन्ने परिपाटी पार्टी भित्र रहेको बताए । उनले पजातान्त्रिक मान्छेले पराजयलाई पनि स्वीकार गर्न सक्नु पर्ने र जीतलाई पनि स्वीकार गर्न सक्नुपर्नेमा जोड दिए ।

ठूलो दिल भएका मात्रै निर्वाचनमा सहभागि भएर अगाडी लैजानु पर्ने बताए । समस्त नेपालमा यसको अभाव रहेको बताए । नयाँ युवाहरुले २१ औं सताब्दीलाई कस्तो प्रक्रियाले अगाडी लैजाने भन्ने कुरा सोच्नु पर्ने जोड दिए । उनले गुल्मीबाट धेरै कुरा पाठ सिकेको बताए ।

धेरै उम्मेदवार बन्न राम्रो पक्ष रहेपनि एकआपसमा द्धन्दमा जान नहुने भण्डारीको भनाई छ । नेपाली कांग्रेस गुल्मी जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शुक्रवारबाट सुरु भएको आठौं जिल्ला अबिधेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर बिच प्रतिस्पर्धा भएको हो । जिल्ला सदरमुकाम तम्घासमा शनिवार बिहानबाट सुरु भएको मतदान प्रक्रिया बिबाद भएपछी रोकिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ