Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पार्किङ स्थल बन्दै हाटबजार - Gulminews

पार्किङ स्थल बन्दै हाटबजार

हुमाकान्त पोखरेल
गुल्मी, १४ साउन । एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहोर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्याक्टर र डोरज । ग्राउण्डलाई चारैतर्फबाट सवारीले घेरेका छन् । त्यत्तिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकल समेत छन् । रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडी समेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ । यसरी मैदानमा दैनिकजसो एउटा स्कूल बस, विभिन्न कार्यालयका पाँचवटा गाडी, तीनवटा ट्याक्टर, एउटा फोहोर फाल्ने गाडी, नगरपालिकाकै खानेपानीको ट्याक्टर र १० वटाजति मोटरसाइकल हुन्छन् । उक्त स्थान झ्याप्प हेर्दा सवारी पार्किङ स्थल र खेलमैदान जस्तो देखिन्छ । तर त्यो कुनै पार्किङ स्थल नभई रेसुङ्गा नगरपालिकाको हाटबजार हो । नगरपालिकाले विगत दुई बर्षदेखि संचालनमा ल्याएको हाटबजार केही महिनादेखि बन्द हुँदा पार्किङ स्थलमा परिणत भएको छ ।

झण्डै सात बर्ष अघिबाट बनाउन सुरु गरिएको हाट बजार आ.व. २०७६÷७७ मा निर्माण सम्पन्न भयो । निर्माण भइसकेपछि पनि केही महिना संचालनमा आएन । चौतर्फि दबावपछि नगरपालिकाले नै हाटबजार संचालन ग¥यो । हाटबजार संचालनमा आउदा कृषक र ग्राहकलाई राहत मिलेको थियो । तर अहिले बन्द हुँदा भने दुवैलाई निराश बनाएको छ ।

‘हाटबजार संचालन हुँदा उत्पादित तरकारी लिन गाडी घरमै आउथ्यो, मूल्य पनि राम्रै पाएका थियौँ ।’ रेसुङ्गा नगरपालिका –४ अर्खलेका कमलप्रसाद आचार्यले भने, ‘अहिले तरकारी बेच्नको लागि डोकोमा बोकेर बजार डुल्नुपरेको छ ।’ विचौलियाका रुपमा प्रस्तुत हुने व्यापारिहरुले सस्तोमा सामग्री राख्ने हुँदा आफुहरुले उचित मूल्य समेत नपाएको आचार्यले गुनासो गरे ।

सोही ठाउँकै अर्का कृषक ज्ञान बहादुर दर्लामीले मौसमअनुसारका तरकारी उत्पादन गर्छन । अहिले उनको बारीमा बन्दा, टमाटर, प्याज, भेन्डी, तितो करेला, काँक्रो, लौका, सिम्ला मर्च, खुसार्नी लगायतका फलफुल र तकारी छन् । तर उत्पादित तरकारी बेच्नको लागि उनी डोको बोकेर बजार धाउने गर्छन् । हाटबजार बन्द हुँदा आफुहरुले निकै सास्ती खेप्नुपरेको दर्लामीको भनाई छ । ‘क्विन्टल तरकारी उत्पादन गरेर पनि बिक्रीको लागि १०÷२० किलो डोकोमा बोकेर हिड्नुपरेको छ ।’ उनले भने, ‘सकेसम्म छिटो हाटबजार संचालन गरेमा सहज हुनेथियो ।’

आचार्य र दर्लामी त समस्यामा परेका किसानका प्रतिनिधिमुलक पात्र मात्रै हुन् । सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल उत्पादान गरेका अन्य ठाउँका कृषकहरु पनि निराश बन्न थालेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिकाका साथसाथै अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका कृषकहरु समेत हाटबजार बन्द हुँदा प्रभावित बनेका छन् । हाटबजार बन्द हुँदा व्यापारिले सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गर्दा कृषक र उपभोक्ता दुवै मर्कामा परेका छन् ।

हाटबजार निर्माणको लागि अहिलेसम्म पाँचवटा सरकारी कार्यालयहरुले कुल एक करोड ३३ लाख ५० हजार लगानी गरेका छन् । साविकको जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साविकको जिल्ला विकास समितिको आठ लाख, साविकको पशु सेवा कार्यालयको १० लाख र अन्य रकम लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको रहेको छ । हाटबजारको जग्गा भने साविकको जिल्ला विकास समिति अर्थात हालको जिल्ला समन्वय समितिको नाममा छ । शित भण्डार सहित संचालन गरिएको हाटबजार यसअघि पनि पटकपटक बन्द हुदै संचालनमा आएको थियो । यसअघि कारोना भाइरसको कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गा नगरपालिकाले अहिलेसम्म पनि संचालन गर्न सकेको छैन ।

रेसुङ्गा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष राम्जी पन्थीले केही समयभित्रै हाटबजार संचालनमा आउने दाबी गरे । नगरपालिकाले संचालन गर्दा घाटा हुने भएकोले निजि क्षेत्रसँग समन्वय गरी लिजमा दिने तयारी भइरहेको उनले बताए । ‘हाटबजार संचालनमा हामी गम्भीर छौ, अहिले नगरप्रमुखका बुवाको निधन भएका कारण प्रक्रिया अगाडी बढाउन रोकिएको छ ।’ उनले भने, ‘बढीमा एक महिनामा संचालन गर्छौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D