gulminews logo
शनिबार, २०८१ बैशाख ८

पाठ्यपुस्तको पर्खाइमा विद्यार्थी

हुमाकान्त पोखरेल
तम्घास, २४ जेठ (रासस) ः ‘सरकारले निर्वाचनको लागि मतपत्र त समयमै ल्यायो, तर हाम्रो लागि पुस्तक ल्याउन सकेन ।’ गुल्मीको रेसुङ्गा नगरपालिका –४ स्थित बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत अस्मिता पाण्डेले भन्नुभयो, ‘सरकारले हाम्रो भविष्यमाथि गम्भिर खेलवाड गरेको छ ।’ विगतका बर्षहरुमा यस समयमा पुस्तक आएपनि यस बर्ष नआउदा आफुहरु निराश भएको उहाँले बताउनुभयो ।

फाइल फोटो ।

कक्षा नौ मा पढ्ने पवन पन्थीले नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ताभन्दा बढी हुँदासमेत पुस्तक नआउँदा पढाइसमा असर गरेको बताउनुभयो । ‘प्रथम त्रैमासिक परीक्षा आउन थाल्यो, तर अझैसम्म पनि सबै पुस्तक आएका छैनन् ।’ उहाँले भन्नुभयो, ‘पुस्तक नै नभएपछि कसरी पढ्ने ?’ पन्थीले शिक्षकहरुले पुराना पुस्तकहरु खोजेर पढाएपनि त्यो पर्याप्त नभएको गुनासो गर्नुभयो । कक्षा ६ मा पढ्ने राजु गौतमले सरकारले पुस्तक छाप्न ढिलाई गर्दा आफुहरुले पढ्न नपाएको गुनासो गर्नुभयो । ‘हामीहरु पाठ्यपुस्तकको पर्खामा छौ, कहिले आउछन खै ?’ गौतमले भन्नुभयो, ‘सकेसम्म छिटो आए सजिलो हुने थियो ।’

विद्यार्र्थी मानसिक रुपमा तयार छैनन

रेसुङ्गा नगरपालिका –८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक डोर विक्रम श्रीसले सबै विद्यार्र्थीलाई एक÷दुई वटामात्र नयाँ पुस्तक वितरण गरिएको बताउनुभयो । विद्यार्थी पिच्छे फरक–फरक पुस्तक दिएर अध्यापन गराएको उहाँले बताउनुभयो । नयाँ पुस्तक नआएपछि विद्यार्थीहरु अध्ययन गर्नको लागि मानसिक रुपमा तयार नभएको श्रीसको भनाई छ । बुद्ध माध्यमिक विद्यालयकी शिक्षिका शान्ति भण्डारीले कक्षा ४, ७ र ९ को कोर्ष फेरिएको भएपनि अनलाईनबाट खोजेर पढाएको बताउनुभयो । तर विद्यार्थीको हातमै पुस्तक हुँदाजस्तो सजिलो भने नभएको उहाँको भनाई छ ।

चन्द्रकोट गाउँपालिका –१ दिब्रुङस्थित शारदा माविका प्रध्यानाध्यापक कृष्ण थापाले माग गरिएको पुस्तकको २० प्रतिशत मात्रै उपलब्ध भएको बताउनुभयो । कोर्ष परिवर्तन नभएका कक्षाको पुराना पुस्तक खोजेर पढाएको र परिवर्तन भएकाको वेभसाइटबाट डाउनलोड गरेर पढाएको थापाले बताउनुभयो । तर इन्टरनेटबाट डाउनलोड गरेर पढाएको कोर्ष प्रभावकारी नभएको थापाले स्वीकार गर्नुभयो । ‘गाउँमा प्रायजसो नेट चल्दैन, इन्टरनेट खुल्नै बढी समय लाग्छ ।’ उहाँले भन्नुभयो, ‘पुस्तक समयमै नआउदा अध्ययन–अध्यापनमा धेरै समस्या भएको छ ।’

आशा गारौँ

शिक्षा तथा समन्वय इकाई, गुल्मीका प्रमुख लोकनाथ मरासिनीले पुस्तक ल्याउनको लागि आफुहरु निरन्तर सम्पर्कमा रहेपनि नपाइएको प्रतिक्रिया दिनुभयो । पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री कन्द्रले मतपत्र छाप्दा पुस्तक छाप्न ढिलाई भएको उहाँले बताउनुभयो । ‘हामी पनि पुस्तक आउने आशामा छौ ।’ उहाँले भन्नुभयो । गुल्मीमा करिब ६५ देखि ६७ हजार पुस्तक आवश्यक पर्ने भएपनि करिब ४० प्रतिशत मात्रै उपलब्ध भएको मरासिनीको भनाई छ । जिल्लामा सामुदायिक ६६७ र संस्थागत ५४ गरी कुल ६११ विद्यालय छन् । जसमध्ये संस्थागत विद्यालयमा पुस्तक आएपनि सामुदायिकमा आएका छैनन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D