gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पाँच दिने रुरु मेला सकियो , ३७ करोडको कारोबार

५ माघ, गुल्मी । रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा सञ्चालित मेलामा ३७ करोड रुपैयाँको कारोबार भएको छ । नेपालका चार धाममध्येको एक रुरु क्षेत्रमा लागेको पाँच दिन लामो माघी मेलाको डेढ लाख भक्तजनले रुरु क्षेत्रका विभिन्न मन्दिरको दर्शन गरेका छन् ।

मेला आयोजकका पाँच सय र अन्य बजारमा रहेका व्यापारीका दुई सय पचास स्टलबाट ३७ करोड रुपैयाँको कारोबार भएको आयोजक रुरु फ्रेण्ड क्लबका पूर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।

कालिगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गरी धेरैले व्यापार व्यवसाय सञ्चालन गरेका थिए ।

कालीगण्डकीमा स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, बाग्लुङ र भारतको सीमावर्ती क्षेत्रबाटसमेत भक्तजन आएका छन् । मेलामा व्यापार गर्न रुकुमदेखिका व्यापारी आउने गरेका छन् । मेलामा कम्मल, काम्ला, राडी पाखी, बाँस तथा चोयाबाट निर्मित सामग्री, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्छ ।

रुरु क्षेत्रमा परापूर्व कालदेखि नै माघ संक्रान्तिदेखि तीन दिनसम्म जेठी, माइली र कान्छी संक्रान्तिको रुपमा मेला लाग्ने गरेको थियो । अहिले दुई दिन थप गरेर पाँच दिन मेला लाग्ने गर्छ । विगतमा
मेलामा टाढाबाट आउने दर्शनार्थीलाई रुरु क्षेत्र विकास समितिले निशुल्क खानपानको व्यवस्था मिलाएको थियो ।

मेलामा च्युरेका युवाको पहलमा रुरु क्षेत्रको महत्व र इतिहास झल्किने पुरातात्विक वस्तुको फोटो प्रदर्शनी गरिएको थियो । ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीलगायतका कलाकारहरु पनि आएका थिए । -अन्लाईनखबर डट कम

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D