gulminews logo
शनिबार, २०८१ बैशाख १५

पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए

हुमाकान्त पोखरेल
गुल्मी, ११ जेठ । भनिन्छ, ‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन ।’ यो भनाई अहिले गुल्मीको चन्द्रकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष अध्यक्ष दोर्ण खत्रीलाई सावित भएको छ । ०७४ सालको निर्वाचनमा खत्री नेपाली काँग्रेसको तर्फबाट तीन हजार ३४० मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकतटम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्टले तीन हजार ६२ र नेकपा माओवादी केन्द्रका युवराज केसीले दुई हजार २३८ मत प्राप्त गरे । अर्थात श्रेष्ट र केसीलाई अघिल्लो निर्वाचनमा खत्री आफैले पराजित गरे । तर अहिले अवस्था फेरिएको छ । गत वैशाख ३० को निर्वाचनमा माओवादी केन्द्रका केसी पाँच दलीय गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भए । पाँच हजार सात सय मतसहित उनी अध्यक्षमा निर्वाचित पनि भए ।

अघिल्लो पटक त्रिपक्षिय निर्वाचन हुँदा पनि अध्यक्षमा निर्वाचित भएका खत्री भने वडा नम्बर ३ मा काँग्रेसको तर्फबाट वडासदस्यको उम्मेदवार भए र जित हाँसिल गरे । आइतबार गाउँपालिका सभाहलमा अध्यक्ष केसीले निर्वतमान अध्यक्ष खत्रीलाई वडा सदस्यको रुपमा पद तथा गोपनियताको सपथ खुवाए । अर्थात पहिले जसलाई निर्वाचनमा पराजित गरे, अहिले उसैबाट शपथ खाए ।

गठबन्धनको सहमति

चन्द्रकोटका निवर्तमान अध्यक्ष खत्री वडासदस्यकै रुपमा रहन भने निर्वाचनमा होमिएका भने होइनन् । पाँच दलीय गठबन्धनको तर्फबाट जिल्ला समन्वय समितिको प्रमुख बन्नको लागि उनी वडासदस्यको उम्मेदवार भएका हुन् । ‘गठबन्धनको बीचमा भएको सहमतिको आधारमा वडासदस्यको उम्मेदवार भएको हुँ ।’ खत्रीले भने, ‘पालिका अध्यक्ष पनि वडासदस्यको निर्वाचनमा होमिदा धेरैले अचम्म मान्नुभएको थियो, तर पछि कुरा बुझाएपछि सहज भयो ।’ उनले अब आफु जिल्ला समन्वय समितिको प्रमुख बन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए । जिल्ला समन्वय समितिको गठनका लागि गुल्मीमा काँग्रेसको १०, एमालेको नौ र माओवादी केन्द्रको पाँच मत रहेको छ । माओवादीको पाँच मतमध्ये कालिगण्डकी गाउँपालिकामा एमाले–माओवादीको तालमेलबाट माओवादीका उम्मेदवार ‘सूय’ चिन्हबाट उपाध्यक्षमा विजयी भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D