gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

पहिरो फसेकी महिलाको १८ घण्टापछि जिवितै उद्धार

सडक अवरुद्ध भएपछि उपचारमा समस्या

टोपलाल अर्याल
गुल्मी, २३ असार । गुल्मीको इस्मामा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि जिवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको उद्धार गरिएको स्थानीय तथा रेसुङ्गा बहुमुखी क्याम्पसका स्वबियु सभापति श्रीराम महतले जानकारी दिए । उनलाई मंगलबार दिउँसो साढे १ बजेतिर इस्मा गाउँपालिका १ हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको महतले बताए ।

सोमबार साँझ ६ बजेबाट पहिरोमा फसेकी कुमालको शरिर पुरै निलो भएको छ । उनी पहिरोले बगाएको खेतबारीको मकै लिन गएकी थिइन् । कुमाल मकै बोकेर फर्कने क्रममा पहिरोमा फसेको र रातिदेखि ठुलो पानीसंगै बगेको लेदोले थप पुरेपछि १८ घण्टासम्म कुनै उद्धार नभएको स्थानीय क्रृषिराम अर्यालले बताए । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले पहिरोमा फसेको देखेपछि स्थानीय मिलेर कुमालको उद्धार गरिएको अर्यालले जानकारी दिए । हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध भएकाले उनलाई कुन माध्यमबाट अस्पताल पुराउने भन्ने बिषय अन्यौलमा परेको छ । एम्बुलेन्सको प्रर्वन्ध गरेर जानेसक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D