gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पहिरो प्रभावितहरुलाई तत्काल पुनर्वासको ब्यबस्था गर्न गुल्मी काँग्रेसको आग्रह

रमेश विश्वकर्मा
गुल्मी, असार २१। नेपाली काँग्रेस गुल्मीले ईस्मा गाउँपालिका १ को जुकेपानी, तोरिखर्क र मल्दी लगायतका विभिन्न स्थानमा भएका पहिरो प्रभावितहरुलाई छिट्टै उद्दार गर्न सरकारसँग आग्रह गरेको छ । अविरल वर्षाका कारण गत विहिबार राती उक्त वडाका विभिन्न स्थानमा पहिरो गएर मानवीय क्षती भएको थियो । पहिरोले गर्दा धेरै घर उच्च जोखिममा छन् ।

शनिबार नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीको नेतृत्वमा नेपाली काँग्रेस गुल्मीले वडाका विभिन्न स्थानको भुगोलको अबलोकन गरेको थियो । पहिरो प्रभावित क्षेत्रको अबलोकनमा नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का, नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश (क) का सभापति पुर्ण केसी, वडा अध्यक्ष चुराबहादुर खत्री लगायतका काँग्रेसका नेताहरुको सहभागिता रहेको थियो । अबलोकन पश्चात सचिव पन्थीले पहिरो प्रभावित सबै नागरिकहरुलाई सुरक्षित स्थानमा राख्नुपर्ने बताए ।

हामीले सोचे भन्दा निकै गम्भिर परिस्थिती भएकाले छिट्टै नै यहाँका नागरिकहरुलाई सुरक्षित स्थानमा लैजान पर्ने भन्दै यस स्थानका झण्डै १ सय १८ घर मध्य धेरै उच्च जोखिममा रहेको उनले बताए । अहिले. उक्त क्षेत्रमा बसोबास गर्न निकै जोखिम भएको हुँदा त्यहाँका नागरिकहरु सोही वडाको हिमालय माध्यमिक विद्यालय हस्तिचौरमा बस्न बाध्य भएको बताए ।

त्यहाँका नागरिकहरुका समस्या निकै कारुणिक र मर्मस्पर्शी छन् सचिव पन्थीले भने, “पहाडका बस्तिहरुको जोखिम न्यूनीकरण गर्ने एक मात्र विकल्प अब एकीकृत बस्तीको योजना बाहेक अरु केही हुन् सक्दैन । तसर्थ नेपाली काँग्रेस गुल्मीले तत्काल प्रभावितहरुलाई राहत उपलब्ध गराउँन आग्रह गर्दछ ।”

छिटोभन्दा छिटो पुनर्वासको ब्यबस्था मिलाउन सरकारसँग गुल्मी काँग्रेसले आग्रह गरेको छ । पहिरोको कारण अबरुद्ध भएका खानेपानी, सडक, विद्युत लगायतका सेवाहरु तत्काल सुचारु गर्न आग्रह गर्दै उनले भने,“तमाम किसानहरुको खेतीपाती, पशुचौपाया लगायत निकै धेरै भौतिक क्षति भएको छ, ती नागरिकहरुलाई बिशेष प्याकेज बनाई तत्काल क्षतिपूर्तिको ब्यबस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।”

अविरल वर्षाका कारण गएको पहिरोमा पुरीएर १८ महिनाका सिजन सारु र ७ वर्षकी अपेक्षा खत्रीको ज्यान गएको थियो । त्यस्तै पहिरोमा परि मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे अहिलेसम्म बेपत्ता छन् । तत्काल उद्दार तथा खोजतलास गर्न सरकारसँग गुल्मी काँग्रेस बिशेष आग्रह गरेको छ ।

पहिरोमा परि ६ जना घाइते भएका छन् । घाइते हुनेमा बर्ष ९० कि पुतली खत्री, बर्ष ६४ का टिका खत्री, बर्ष ५ का आयुस खत्री, बर्ष २७ की इश्वरी खत्री, बर्ष २१ कि श्रृजना सारू, बर्ष २५ को बसन्त सारु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D