gulminews logo
शनिबार, २०८१ बैशाख १५

पहिरो प्रभावितको जिम्मा प्रदेश सरकारले लिन्छ ः मुख्यमन्त्री पोखरेल

हुमाकान्त पोखरेल
गुल्मी १० भदौ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गुल्मी सत्यवतीका पहिरो प्रभावितको पुनस्थापनाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । मंगलबार गुल्मीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘गुल्मी सत्यवतीको दुई ठाउँमा पहिरो जाँदा धेरै जनधनको क्षति भएको छ, ठुलोलुम्पेकमा बस्ति नै स्थानान्तरण गर्नुपर्ने भएको छ ।’ उनले भने, ‘यसको सबै जिम्मा प्रदेश सरकारले लिन्छ, जनताले आफ्नो भविष्यको बारेमा कुनै चिन्ता लिनुपर्दैन् ।’ प्रदेश सरकार आफैमा सक्षम भएकोले पुनस्थापनको लागि कसैको आश गरेर नबस्ने समेत उनले बताए । केन्द्र सरकारले आवश्यक ठानेर सहयोग दिए स्वागत गर्छौ, तर मुख ताकेर बस्दैनौ ।’ उनले भने । त्यसका साथै उनले पहिलो काम त्यस क्षेत्रको अनुसन्धान रहेकोले प्रदेश सरकारले प्राविधिकको टोलि पठाएर अनुसन्धानमा सघाएको समेत उनले दाबी गरे । गत साउन १० गते सत्यवती गाँउपालिकाको लिम्घा र ठुलोलुम्केपमा पहिरो जादाँ १३ जनाको मृत्यु भएको थियो ।

?????????????


यसै बर्ष प्रदेश राजधानीको टुङ्गो
अर्को प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले ५ नम्बर प्रदेशको नाम र राजधानी यसै बर्ष टुङ्गो लगाउने बताए । नाम र राजधानीको विषयमा सरकारले एउटा समिति गरेको र सोहि समितिको प्रतिवेदन आइसकेपछि टुङ्गो लगाइने बताए । सो समितिले अहिले विभिन्न राजनीतिज्ञ, भुगोलविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरिरहेको उनले बताए । तर प्रदेश राजधानीको विषयमा राजनीतिक दाउपेच भन्दा पनि सबै जनतालाई उचित हुने ठाँउमा राख्नुपर्ने धारणा राखे ।


मुख्यमन्त्री पोखरेलले आगामी तीन बर्षभित्र प्रदेशका सबै ठाउँमा ‘एक घर एक धारा’ पु¥र्याउने लक्ष्य प्रदेश सरकारले लिएको उनको भनाई छ । त्यस्तै विकास र सुशासनका पक्षमा प्रदेश सरकार अब्बल रहेको, आवश्यक कानुन निर्माण गरेको, कार्यालय स्थापना र विकास खर्च अधिक भएकोले पनि संघियताको सफल कार्यान्वयन प्रदेश सरकारले गरेको मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D