gulminews logo
शनिबार, २०८१ बैशाख १५

पहिरो पिडित परिवारलाई रेसुङ्गा नगरप्रमुखबाट ३० हजार सहयोग

अनिल खत्री
६ असोज, गुल्मी । गुल्मी तम्घासका पहिरो पिडित परिवारलाई रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले ३० हजार आर्थिक सहयोग गरेका छन् । मंगलवार राती जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको थियो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख भुसालले पहिरो पिडित तिलक परियारलाई राहत स्वरुप उक्त रकम हस्तातरण गरेका हुन् । राहत रकम हस्तारतण गर्दै नगरप्रमुख भुसालले यस दुखद घडिमा नगरपालिका साथमा रहेको बताए ।

उनले थप राहतको लागि पनि पहल गर्ने बताए । मंगलवार राती पहिरोमा परेर २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको थियो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएर मृत्यु भएको थियो । पहिरोमा अरु ३ जना सकुशल रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D