gulminews logo
बिहीबार, २०८१ बैशाख १३

पहिरो खस्दा रिडी-रुद्रवेणी सडक अवरुद्ध

गुल्मी, साउन १० । गुल्मी सडक खण्डमा पर्ने कालीगण्डकी करिडोरको रिडी-रुद्रवेणी खण्ड पहिरोले अवरुद्ध भएको छ । रिडी-रुद्रवेणी खण्डको कालिगण्डकी करिडोरमा पर्ने पुल क्याम्प नजिकै शनिबार दिउँसो सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय रिडीका प्रमुख शालिकराम थापाले सडकमा ठूलो पहिरो खसेकाले खुलाउन समय लाग्‍ने बताए । ‘सानो डोजरले काम गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पालिका र कालिगण्डकी करिडोर निर्माण कार्यालयसँग समन्वय गरेर एक्साभेटर खोज्दै छौं ।’ पहिरो ठुलो भएकाले शनिबार सडक खुल्ने सम्भावना नरहेको उनले बताए ।

करिडोर हुँदै गुल्मीको पूर्वी क्षेत्र र रुद्रवेणी बुर्तिबाङसम्म नियमित सवारी चल्ने गर्छन् । सडक अवरुद्ध भएपछि बुर्तिबाङतर्फ जाने सवारीले रिडी तम्घास सडक प्रयोग गर्न थालेपनि अन्य सवारी साधन सडकमै रोकिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D