gulminews logo
शनिबार, २०८१ बैशाख १५

पहिरोले सदरमुकामै ७ वटा पक्की घर जोखिममा

अनिल खत्री
८ असार, गुल्मी । अबिरल वर्षा सगै गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् । निर्माणधिन तम्घास खाम्से पानी सड्क खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा घरमुनीबाट पहिरो जाँदा उक्त घर जोखिममा परेका हुन् ।

पहिरोबाट राम बहादुर खड्का, लक्ष्मी कुवँर, पदम बिष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी ,दिपक सुनार , र बिष्णु कुवँरको घर जोखिममा परेका छन् । सड्क बिस्तारको क्रममा बाटाको अबस्था नहेरी चौडा पार्ने कामले घर जोखिममा परेको स्थानियको भनाइ रहेको छ ।

निर्माणधिन तम्घास खाम्सेपानी सड्क र तम्घास नेटा सडकमा पर्ने वस्ती केहि वर्ष पहिले देखि नै जोखिममा थिए । तर पछिल्लो केहि दिन यता लगातारको वर्षाले ति घर बिस्थापित भएका छन् ।

घर जोखिममा परेसँगै छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् । तम्घास खाम्सेपानी सड्क बिस्तारको क्रममा केहि वर्ष पहिलेदेखि नै पहिरोबाट सामान्य जोखिममा रहेका उक्त घरहरुले वर्षात सगै पुन पहिरो गएपछी थप जोखिममा परेका हुन् ।

वर्षौदेखि सम्बन्धीत निकायमा अनुरोध गरेपनि कुनै सुनुवाई नै भएको पिडित पदम बिष्टले बताए । स्थानीयले केहि दिन अघि सड्क बिस्तारको क्रममा सड्कमा निबेदन पनि दिएका थिए ।

तम्घास खाम्से पानी सडक बिस्तार गर्दा ओखरेनीमा निर्माधिन सड्कले उक्त स्थानबाट थप गिटी वालुवाको लोभले चाहिने भन्दा पनि वढी बाटो कटौती गर्नाले पहिरो गएको बिष्टको भनाई रहेको छ ।

निर्माधिन तम्घास नेटाको अर्को सड्कको पनि नाली सोहि स्थानबाटै बग्दै आएकोले पनि थप पहिरो गएको बिष्टले बताए । पहिरो गएको स्थानमा सदरमुकाम तम्घासको फोहोर फाल्ने स्थानसँगै रहेको छ ।

पहिरो गएको स्थानमा खानेपानीको पम्पीङ्ग समेत गरिएको छ । ठुलै पहिरो गए सयौं घर खानेपानीबाट प्रभावित समेत हुनेछन् । पहिरोले तम्घासको फोहोर व्यवस्थापन हुने स्थान पनि सोहि स्थानमै रहेकाले तम्घासको फोहोर मैला व्यवस्थापन गर्न असहज हुनेछ ।

अबिरल वर्षा सगै गएको पहिरोको जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इनिजिनियर, प्राबिधिक सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमन पछी प्रमुख जिल्ला अधिकारी शर्माले पहिरोले जोखिममा परेका वस्तीमा तत्काल र दिर्घकालिन रुपमा गर्न सकिने प्रतिबेदन तयार गर्न सडक आयोजनका इनिजिनियरहरुलाई आग्रह गरिएको बताए ।

तत्काल केहि गर्न सकिने काम र वर्षात रोकिए पछी गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडी बढने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D