gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

पहिरोले पाइप बगाएपछि खानेपानी अवरुद्ध,स्थानीयवासीहरु पिउनेपानीका लागि कुवा कुलेसा धाउनु पर्ने बाध्यता

कौरव खत्री
गुल्मी ९साउन । गुल्मीको मुसिकोटमा खानेपानीका पाइप पहिरोले बगाएपछि खानेपानी अवरुद्ध भएको छ ।

मुसिकोट नगरपालिका वडा नंं. १ स्थित छोरधारा लिफ्ट खानेपानी तथा सरसफाई परियोजनाको माथि करिव एक सय मिटर चट्टानसँगै आएको ठूलो पहिरोले खानेपानीका पाइपहरु बगाएपछि खानेपानी अवरुद्ध बनेको छ ।

गत साउन ६ र ७ गते अविरल बर्षासँगै खानेपानीको मुहान माथिबाट आएको पहिरोले करिव डेढ सय मिटर खानेपानीका जिआई पाइप बगाएको र मुहानमा रहेको ४० घनमिटरको आरसीसी टंकी र पम्प अप्रेटर रुम र २५ किलोवाटका दुई ओटा पम्प माथिबाट आएको पहिरोले गर्दा पूर्ण जाखिममा रहेको छोरधारा लिफ्ट खानेपानी तथा सरसफाई परियोजना मुसिकोट नगरपालिका १ गुल्मीका अध्यक्ष मिन बहादुर पुनले जानकारी दिए ।

त्यस्तै खानेपानी अवरुद्ध हुदा मुसिकोट नगरपालिका १ का बाङ्गे,शिवालय,पौदीअमराई केन्द्र टोल लगायतका १ सय,६९ घरधुरीका स्थानीयबासीहरुलाई टाढा पुगेर पिउनेपानी लिनुपर्ने बाध्यता रहेको छ ।

साथै खानेपानी अवरुद्ध भएपछि बर्षादको समयमा स्थानीय उपभोक्क्ताहरु टाढा–टाढा रहेका कुवा कुलेसा र पधेँराहरुमा खानेपानी लिन घन्टौ समय लगाएर खानेपानी लिनु पर्ने बाध्यता रहेको आयोजनाका अध्यक्ष पुनले जानकारी दिए ।

साथै परियोजनाका अध्यक्ष पुनले भने अवरुद्ध खानेपानीको मर्मत संम्भारमा सानो रकमले नहुने हुदा परियोजनाको आर्थिक कोष नभएकोले परियोजनाको मर्मत संम्भार गरि सूचारु गर्नका लागि सम्वन्धित निकायले तत्काल पहल र सहयोग गरिदिन अध्यक्ष पुनले आग्रह गरे ।

साथै पहिरोले लिफ्ट खानेपानीसम्म जडान गरिएको विद्युतका पोल समेत बगाएपछि लिफ्ट खानेपानीमा थप समस्या भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D