gulminews logo
शनिबार, २०८१ बैशाख ८

पहिरोले जीप पुरिदा एकको मृत्यु, पाचँ घाइते

हुमाकान्त पोखरेल
गुल्मी, ०६ असार । गुल्मीमा अत्याधिक बर्षाका कारण माथिबाट खसेको पहिरोले जीप पुरिदा एकजनाको ज्यान गएको छ भने पाचँजना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ बर्षिया तुल्सीराम काउछाको ज्यान गएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका इन्स्पेक्टर पंकज चुदालीले जानकारी दिए ।

साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओडारमा पुरिएको हो । जीप सवार अन्य पाचँ जनामध्ये दुईजनाको अवस्था गम्भिर भएको कारणले थप उपचारको लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ । गाडीचालक समेत रहेका स्थानीय २० बर्षिय प्रदिप पुन र २५ बर्षिय रमेश रानालाई थप उपचारको लागि सन्धिखर्क पठाइएको हो । बाँकी तीनजनाको भने अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ ।

स्थानीय ३९ बर्षिय केशव काउछा, २१ बर्षिय खिम काउछा र १८ बर्षिय विशाल काउछाको अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ । जीप दिउँसो करिब १२ ः ३० तिर पुरिएपनि सामान्य अवस्थाका एकजना घाइते पैदलै गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाई भएको हो । लगातार दुई दिनदेखि भइरहेको बर्षाले जमिन कमजोर भएको र पहिरो खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा प्रहरीको टोलिले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका इन्स्पेक्टर चुदालीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D