अनिल खत्री
गुल्मी साउन २८ । गएराती अविरल वर्षासगै गएको पहिरोले गुल्मीमा एक गोठ पुरिदा गोरु र भैसीको पाडी मरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ६ कुर्घामा कृष्ण परियारको गोठमा रहेका गोरु र भैसीको पाडी पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

वर्षा सगै गएको पहिरोले सोहि वडाकै टिका पछाईको पक्की घरमाथीबाट पहिरो झर्दा परिवार बस्थापित भएका छन् । गएराती पानीसगै आएको पहिरोले उनको घर गोठ जोखिममा परेको स्थानिय ज्ञानहरि सापकोटाले जानकारी दिए ।

अबिरल वर्षा सगै रिडी रुद्रवेणी वामीटक्सार सड्क अन्र्तगत भुवाचिदी नजिकै गएको पहिरोले उक्त सड्क अबरुद्ध भएको छ । वर्षा सगै जिल्लाका अधिकांश स्थानका कच्ची सड्क बन्द भएका छन् ।







