पहिरोका कारण मुसिकोटमा २ घर विस्थापित, दर्जनौ घर जोखिममा

कमल पौडेल
गुल्मी, साउन १२ । भञ्ज्याङ पौदी अमराई नेटा दर्लिङ गंगरे निर्माणाधिन सडक अन्तरगतको मुसिकोट नगरपालिका वडा नं. १ को थाम क्षेत्रमा पहिरो खस्दा दर्जनौं घरहरु जोखिममा परेका छन् । पहिरोका कारण उपल्लो थामका २ घर पूर्ण रुपमा विस्थापित भएका छन् ।

मोटरवाटोका कारण पहिरो खस्दा शिवलाल विकको ८ जनाको परिवार र गोपाल कुमालको २ जनाको परिवार विस्थापित भएको हो । उनिहरु घर छोडि छिमेकिकोमा वस्न पुगेका छन् । शिवलाल विकको घर पहिरोले तान्दै लगेको छ भने गोपाल कुमालको घर माथिवाट पहिरो खसेपछि विस्थापित भएका हुन् । त्यस्तै उपल्लो थामका ढाल वहादुर सुनार, राम जित सुनार, रामु सुनार लगाएतको दलित वस्ति जोखिममा परेको छ। उपल्लो थाम को डाँडा लाइनको दुवै तर्फवाट पहिरो खसेपछि संकटमा परेको पिडित ढाल वहादुर सुनारले वताउनु भएको छ ।

विस्थापित परिवारलाई स्थानियको सहयोगमा छिमेकीको घरमा राखिएको डाल प्रसाद घिमिरेले जानकारी दिए ।

पहिरोका कारण विद्युत पोलहरु ढलिरहेका छन् त्यस क्षेत्रमा केहि दिनदेखि विद्युत समेत अवरुद्ध भएको छ । यसै विच ४ दिन देखि अवरुद्ध थाम दर्लिङ सडक खण्ड शुक्रवार देखि सञ्चालनमा आएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ