gulminews logo
बिहीबार, २०८१ बैशाख ६

पहिरोका कारण तम्घास नजिकै ७ घर बिस्थापित, एक दर्जन घर जोखिममा

टोपलाल अर्याल
गुल्मी, ६ असार । पहिरोका कारण सदरमुकाम तम्घास नजिकैका ७ घर परिवार बिस्थापित भएका छन् । पहिरोका कारण उच्च जोखिममा भएका रेसुङ्गा नगरपालिका ७ को बेदुखर्कका राम बहादुर खड्का, लक्ष्मी कुवर, पदम बिष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी र बिष्णु कुवरको परिवारलाई अन्यत्र व्यावस्थापन गरिएको वडाध्यक्ष मोहनप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै सोहि ठाउँका आठ घर परिवार पहिरोको जोखिम छन् । अझै पानी परे थप जोखिम हुने भएकाले अझै जोखिममा रहेका परिवारलाई सर्तकताको लागि सचेत बनाएर आएको वडाध्यक्ष पाण्डेयले बताए । स्थानीय रिदम पाण्डेयका अनुसार रातिदेखिको अविरल बर्षाले तम्घास–नेटा सडक र तम्घास खाम्सेपानी सडकको दुवै तर्फबाट वस्ती जोखिममा परेको छ । तम्घास–खाम्सेपानी सडक अन्तरगत ओख्रेनीमा पाँच÷बर्षदेखि पहिरो खसिरहेको छ । झरेको माटो फाल्ने तर भित्तामा वाल उठाउने काम नभएकाले वस्ती जोखिममा परेको पाण्डयेले बताए ।

यता तम्घास–नेटा सडकको कारण पनि केहि घर जोखिममा परेका छन् । सडक निर्माणको क्रममा नाली तथा निर्माण सामग्रीको उचित व्यावस्थापन नगरेको कारण आफ्नाहरुहरु जोखिममा परेको बिस्थापित मध्येका राम बहादुर खड्काले गुनासो गरे । उनले सडक निर्माणको क्रममा निर्माण व्यावसायीलाई निर्माण सामग्री र नालीको उचित व्यावस्थापन गर्न आग्रह गरे पनि नमानेका कारण वालनै फुटेर घरहरुमा बग्ने अवस्थामा पुगेको बताए । तम्घास–खाम्सेपानी सडक अन्तरगत ओख्रेनीमा बर्षौदेखि पहिरो खस्ने भएकाले आम नागरिकलाई आवत–जावतमा समेत समस्या भइरहेको छ । स्थानीयले सडक आयोजना कार्यालयले ओखे्रनीमा पहिरो आउने भित्ता तर्फ लगाउने वाला तल लगाएर बजेट सकेको आरोप लगाए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D