पहिराेले छापचौरमा घर वगाउदा १ काे मृत्यु, ५ घाइते

टोपलाल अर्याल,
गुल्मी १२ साउन । गुल्मीको सत्यवती गाउँपालिकाको दु:खद घटना सेलाउन नपाउदै छिमेकी कालीगण्डकी गाउँपालिका ७ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्युु भएको छ। घटनामा पाँच जना घाइते भएका छन ।

फाइल फोटो

आज राती परेको अविरल बर्षाले वडा नम्बर ७ छापचाैरका विष्णु परियारकाे घर पहिराेले बगाउँदा १३ बर्षका छाेरा चुन्ने परियारकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक कुमार वस्नेतले जानकारी दिए ।

घटनास्थल अहिले पुर्तिघाट प्रहरी चाैकी र भुर्तुङ प्रहरी चाैकिकाे प्रहरीको टोलि उद्वारमा खटिएको छ । साथै उद्वारका लागि जिल्लावाट डिएसपी मीन वहादुर घलेकाे नेतृत्वमा प्रहरी घटनास्थल तर्फ लागेकाे एसपी वस्नेतले जानकारी दिए । अन्य विवरण अाउन बाकी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D