Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
पलाष्टिक बिस्थापन गर्न टपरी उद्योग संचालन - Gulminews

पलाष्टिक बिस्थापन गर्न टपरी उद्योग संचालन

पछिल्लो समय बजारमा पलाष्टिकका सामग्रीहरुको प्रयोग बढ्दो छ । अहिले घरदेखि होटल र बजारका पाटीहरुमा सजिलोको लागि पलाष्टिकका सामग्रहीहरुको उपयोग गरिन्छ । यी सामग्री प्रयोगमा केहि सजिलो भएपनि वातावरणीय र स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन् । पहिले गाउँगाउँमा पुजा र भोतभतेरमा प्रयोग गरिने दुनाटपरी पाइन छोड्यो ।

दुनाटपरी पाका पुस्तामा मात्रै सिमित छ । सीप हस्तान्तरण नहुँदा युवा पुस्ता दुनाटपरी बनाउँदैनन् । गुल्मीको रेसुङ्गा नगरपालिका ८ ले भने दुनाटपरी उद्योग संचालन गरेको छ । वडा कार्यालयले मेसिन खरिद गरेर वडा नं ८ का विभिन्न आमा समुहमा आवद्ध कच्चा पदार्थ उलपब्ध र जनशक्ति व्यावस्थापन गरेर दैनिक एक घण्टा दुनाटपरी बुन्ने तालिम प्रदान गरिने वडाध्यक्ष भरत भलामीले जानकारी दिए । महिलाहरुले ढुक्कसंग दुनाटपरी बुन्न सक्ने भएपछि वडाले महिला समुहलाई उद्योग हस्तान्तरण गर्ने भलामीले बताए । रेसुङ्गा नगरपालिका ८ ले महिला लक्षित तीन लाख ५० हजार बजेटबाट उद्योग संचालनको काम अगाडी बढाएको वडासचिव निर्मला रोकाले जानकारी दिइन् ।

उद्योगको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले तालिमसंगै व्यावसायीक बन्नुपर्नेमा जोड दिइन् । उनले तालिम मात्रै लिएर जीवन स्तरमा परिवर्तन नहुने भएकाले मनदेखि सक्रियता देखाउन महिलाहरुलाई आग्रह गरिन् । आफू निर्वाचित भएदेखि झन्डै चार सय भन्दा बढिलाई तालिम प्रदान गरिएको भण्डारीले बताइन् । होटल व्यावसायी संघका अध्यक्ष जंग बहादुर कुवंरले प्रत्येक होटलमा पाहुनाहरुलाई दुनाटपरीमा खुवाउने गरेर व्यावसाय अगाडी बढाउन महिलाहरुलाई आग्रह गरे । पुराना सामग्रीबाट नयाँ अनुभव लिन पर्यटकहरुले भ्रमण र खर्च गरिरहेकाले दुनाटपरीले व्यावसायीक बनाउने कुवंरले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D